December 23, 2024, 5:58 pm
» नेपाली शान्ति सैनिकहरूको अदलीबदली » टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला » युरोप र भारत भ्रमण सकेर स्वदेश फिर्ता भइन् परराष्ट्रमन्त्री राणा » एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित

ईनार सफा गर्ने क्रममा ईनारमा फसेर दुई जनाको मृत्यु

भदौ ५, २०८१ मा प्रकाशित | १५८०दर्शक तीव्रखबर

दाङ : तुल्सीपुर उपमहानगरपालिका-१३ दमारगाँउ बस्ने दुर्गा विकको ईनार सफा गर्ने क्रममा २ जनाको बुधबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपाली रहेका छन् ।

ईनार सफा गर्न भनी पसेकोमा निस्कन नसकी ईनारमा फसेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दमारगाउँ, इलाका प्रहरी कार्यालय तुल्सीपुर, विपद व्यवस्थापन कार्यालय र नेपाली सेना अम्बापुर बेश क्याम्पबाट खटिएको संयुक्त टोलीले उद्दार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा पठाएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो  ।

प्रतिक्रिया