September 20, 2024, 2:46 pm
» रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी » राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित » प्रधानमन्त्री ओली कतारको दोहामा » प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

राजधानीको विभिन्न सपिङ मलहरूमा बम आक्रमणको धम्की, अनुसन्धान जारी

भदौ ५, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ ।

दिल्ली प्रहरीकाअनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।

सुचना प्राप्त हुने बित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी दिएको  दिल्ली प्रहरीले बताएको छ ।

दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । हालसम्म बम फेला परेको छैन् ।

प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको छ ।

गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।

“एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको सुचना प्राप्त गरेको थियो । सुचना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोलीलगायत सबै  घटनास्थलमा पुगेका थिए,”एसीपी विकास कौशिकले पत्रकारलाई बताउनुभयो ।

गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा कानुनी कारबाही गरिने जनाएको छ । रासस / एएनआई

प्रतिक्रिया