February 23, 2025, 9:37 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सरकारी जग्गामा बनेका संरचना गाउँपालिकाले हटाउने

पुस २५, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

बागमती– मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने  भएको छ ।

स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरालगायतका संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको जनाउँदै  गाउँपालिकाले यसलाई निरुत्साहित गर्न संरचना हटाउन लागेको हो ।

‘आफ्नो स्वामित्वको जग्गा बिक्री गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्ने र त्यो जग्गामा घर टहरा बनाउने प्रवृत्ति स्थानीयमा बढ्दै गएको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भने, ‘त्यही भएर त्यसविरुद्ध गाउँपालिकाले अभियान चलाउने तयारी गरेको छ ।’

कार्यपालिकाको बैठकले अभियानकोस्वरुप बारे निर्णय लिने उनको भनाइ छ ।

गत असोज ११ र १२ गतेको बाढीपहिरोले सार्वजनिक जग्गामा निर्माण भएका संरचना बनाएको थियो ।

अहिले ती स्थानमा स्थानीयले पुनः घर टहरा लगायतका संरचना बनाउन थालेपछि गाउँपालिकाले त्यसलाई निरुत्साहित गर्ने नीति लिएको छ ।

गाउँपालिकाको फाखेल, सिस्नेरीलगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ ।

केही दिनअघि गाउँपालिका कार्यालयले सूचना जारी गरी सार्वजनिक जग्गा अतिक्रमण नगर्न र त्यस्ता स्थानमा घर टहरा लगायतका संरचना निर्माण नगर्न आग्रह गरेको थियो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिए कानुन बमोजिम कारबाहीसमेत अघि बढाइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया