February 24, 2025, 5:54 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

भारतीय वाणिज्य सचिव नेतृत्वको टोली काठमाडौंमा

पुस २५, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयका सचिव नेपाल–भारत अन्तर सरकारी समितिको बैठकमा भाग लिन काठमाडौं आएका छन् । उनी ११ सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो पौने २ बजे एअर इण्डियाको उडान नम्बर एआई २१७ मा नयाँ दिल्लीबाट आएका हुन् ।

भोलि र पर्सि हुने बैठकमा सहभागी हुन आएका सचिव सुनिल बर्थवालको साथमा श्रीमती आरधना र छोरा सुनिल पनि रहेको बताइन्छ । टोलीमा विभिन्न मन्त्रालय, निकाय र बोर्डका प्रतिनिधि छन् ।

प्राप्त विवरणअनुसार काठमाडौं आइपुगेको भारतीय प्रतिनिधिमण्डलमा सञ्जीव गुप्ता, नितिन कुमार यादव, कमलेश चतुर्वेदी, दीपा श्रीवास्तव, मानवेश कुमार, तुषारांशु शर्मा, अरविन्द कुकरेती, निधी पाण्डे, शिखा दावर छन् ।

प्रतिक्रिया