February 24, 2025, 6:35 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश, छविलाई ८८ लाख

पुस २५, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न भर्खरै आदेश दिएको हो । अदालतको आदेशसँगै सहकारी पीडितहरुले नाराबाजी गरेका छन् ।

सोही आरोपमा प्रहरी हिरासतमा रहेका पूर्व डिआईजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश दिइएको छ । उनलाई ८८ लाख रुपैयाँ धरौटी तोकिएको छ ।

प्रतिक्रिया