September 20, 2024, 2:39 pm
» रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी » राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित » प्रधानमन्त्री ओली कतारको दोहामा » प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

पाइलट बाबाको निधन

भदौ ४, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौँ । भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ ।
भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए । उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो ।
उनलाई हरिद्वारमा समाधि लगाइने बताइएको छ । उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिएका थिए ।
पायलट बाबाको महासमाधीको जानकारी उनको इन्स्टा एकाउन्टमार्फत आएको हो ।
इन्स्टाग्राममा लेखिएको छ- ‘ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पुर्ण शिष्य, भक्तजनहरुमा हाम्रो पूज्य गुरुदेव महायोगी पायलट बाबाजीले आज महासमाधी लिनुभएको छ । उनले आफ्नो नश्वर शरीर त्यागेका छन् । यो हामी सबैको घरमा बसेर प्रार्थना गर्ने समय हो । कृपया यसलाई सहज रूपमा लिनुहोस् । यो समय शान्त रहन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने समय हो । थप जानकारी साझा गरिनेछ ।’

प्रतिक्रिया