October 23, 2026, 10:46 am
» राष्ट्र बैंकले बन्द गर्‍यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा » आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी » द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य » रवि लामिछाने पत्नी निकितासहित भारत प्रस्थान » ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित

कक्षा १२ को नतिजा सार्बजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन १८, २०८१ मा प्रकाशित | ४०२०४ दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् ।

आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्बजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्बजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केहि समय लाग्ने बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *