October 23, 2026, 10:44 am
» राष्ट्र बैंकले बन्द गर्‍यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा » आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी » द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य » रवि लामिछाने पत्नी निकितासहित भारत प्रस्थान » ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

साउन १८, २०८१ मा प्रकाशित | २१२०४ दर्शक तीव्रखबर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । महाधिवेशन सम्पन्न भएको एक महिना बितिसक्दा पनि केन्द्रिय समितिलाई पूर्णता दिन नसकेको एकीकृत समाजवादीको बुधबारको बैठकले तीन सदस्यीय कार्यदल बनाएको थियो ।

बैठकले पदाधिकारी र केन्द्रिय कमिटीमा रहने सबैको नाम टुंगाउन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको थियो ।

एकीकृत समाजवादीको हालै सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय छनौट गर्ने जिम्मा केन्द्रीय समितीलाई दिएपनि अहिलेसम्म छनौट गर्न सकेको छैन ।

महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी पदाधिकारी र सदस्य चयन गर्न सकेको छैन । पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *