September 20, 2024, 4:12 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

कुलमान घिसिङलाई घेराबन्दी भयाे : उपप्रमुख श्रेष्ठ

साउन १६, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

भक्तपुर/मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले राजनीतिक आस्थाभन्दा माथि उठेर सचेत युवाहरूले काम गर्न आग्रह गर्नुभयाे । सहि र गलत विषयमा अडिग रहनसके विकास निर्माणले फड्काे मार्नेमा उहाँले जाेड दिनुभयाे । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई केपी शर्मा अाेली नेतृत्वको सरकारले पदच्युत गर्न प्रयास गरिरहेकाे आराेप लगाउँदै उहाँले सत्यकाे पक्षमा उभिन आग्रह गर्नुभएको हाे ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुर जिल्ला समितिले सम्पन्न गरेकाे ५ दिने उद्‌घाेषण तालिम कार्यक्रमलाई सम्बाेधन गर्दै घिसिङलाई नियाेजित रूपमा घेराबन्दी भइरहेको बताउनुभयाे ।
‘उहिले पनि नेकपा एमालेबाट ऊर्जामन्त्री बन्नुभएकी राधा ज्ञवालीमार्फत नेपालमा लाेड सेडिङकाे समस्या समाधान गरेका
उज्यालाे नेपालका नायक घिसिङलाई असक्षम साबित गर्ने प्रयास भएकाे थियाे । त्याे बखत पनि आक्रमण गरिएकै थियाे ।’ उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
हुनपनि चालू आव २०७२/७३ सम्म प्राधिकरणकाे वार्षिक घाटा ८ अर्ब ८९ कराेड थियाे । तर घिसिङले नेतृत्व गरे पश्चात् अाव २०७३/७४ मा घाटामा रहेकाे प्राधिकरणलाई एकैवर्ष १ अर्ब ५० कराेड नाफा भएकाे थियाे । अहिले साेही क्रम बढेर चालू आव २०८०/८१ काे छ महिनामा प्राधिकरणकाे नाफा १५ अर्ब ३६ कराेड देखिएको छ । प्राधिकरणले विद्युत चुहावट र खर्च नियन्त्रण, आन्तरिक खपत वृद्धि र भारतर्फको विद्युत निर्यात बढाउँदा नाफा देखिएकाे हाे । अहिले बंगलादेशमा यही महिनादेखि ४० मेगावाट बिजुली निर्यात गर्ने तयारी भइरहेको बताइएको छ ।
मध्यपुर थिमि वडा नं. ५ स्थित नेवाः सुलि रेष्टुराँमा सम्पन्न भएकाे व्यक्तित्व विकास अन्तर्गतकाे क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमलाई साउन ११ गते शुक्रबार वडाध्यक्ष बालकृष्ण श्रेष्ठले उद्‌घाटन गर्नुभएको थियाे । सञ्चारकर्मी केके मानन्धरले दिनुभएको प्रशिक्षणमा २० जना उद्यमी व्यवसायीहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । कपडा तथा सिलाई उद्यमी शुभरत्न बज्राचार्यकाे सभाध्यतामा सम्पन्न भएकाे प्रशिक्षण कार्यक्रममा महिलाहरूकाे सहभागिता बढी थियाे । -केके मानन्धर

प्रतिक्रिया