April 14, 2025, 2:04 pm

सरकारी टोलीले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

चैत्र २१, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं–आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफल गर्न आज ३ बजेका लागि सिंहदरबारमा बोलाइएको थियो। तर, महासंघले वार्तालाई खारेज गरेको जनाएको छ।

“वार्तामा बोलाएको हो। तर वार्तालाई हामीले खेर गर्‍यौं। वार्ता होइन शिक्षा ऐन खोजेको हो,’ आन्दोलन परिचालन समितिको संयोजक एंव महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “हामी आन्दोलनको मैदानमा छौँ। सिंहदरबार जादैनौं।’बिहीवार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो। त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो। आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ।विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ आएर चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया