April 18, 2025, 6:59 pm

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

बैशाख १, २०८२ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

तानसेन – पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार लाम्टाङबाट ओइरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नंको स्कुटर अनियन्त्रित भई पल्टिँदा चालक ठाडा घाइते भएका थिए।

उनको उपचारका क्रममा रामपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया