April 13, 2025, 5:03 pm

एनएसएलमा आज चितवन र लुम्बिनी खेल्दै

चैत्र २१, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।  जारी प्रतियोगितामा पहिलो खेलमा जित निकालेको चितवन एफसी आज लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रिँदैछ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सविरुद्ध २–० गोलको जित निकालेको थियो । यस्तै एक खेलमा पराजित र एक खेलमा बराबरीको नतिजा निकालेको बुटवल लुम्बिनी भने आज पहिलो जितको खोजीमा हुनेछ । यसअघि हिजो साँझ सम्पन्न खेलमा काठमाडौं रेजर्स र झापा एफसीले गोलरहित बराबरी खेलेका थिए ।

प्रतिक्रिया