काठमाडौं- काठमाडौंमा केही दिन यता अत्याधिक मात्रामा प्रदुषण बढेको छ । काठमाडौं उपत्यकामा प्रदुषित हावाका कारण आकाश धुम्म छ । केही दिन यता काठमाडौं शहर विश्वकै प्रदुषित शहर बनेको छ ।
प्रदुषणका कारण आँखा पोल्ने, टाउको दुख्ने जस्ता समस्याहरु बढी देखिएका छन् । आज बिहान पनि काठमाडौंको प्रदुषण खतरनाकको तहभन्दा माथि छ ।
प्रदुषण बढेसँगै दीर्घरोगी, गर्भवती महिला, बालबलिकाहरुमा बढी असर पर्ने भन्दै चिकित्सकहरुले घरभित्रै बस्न आग्रह गरेका छन् ।
चिकित्सकहरुले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया