April 9, 2025, 10:28 am

शिक्षक महासंघद्वारा देशव्यापी शैक्षिक हड्तालको घोषणा

चैत्र २३, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौँ- नेपाल शिक्षक महासंघले सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर सडक संघर्ष गरिरहेको महासंघले सोमबारबाट आम शैक्षिक हड्तालको घोषणा गरेको हो।

काठमाडौँमा सडकमा महासंघले विगत केही दिनदेखि आन्दोलन गर्दै आएको छ।

शैक्षिक हड्तालका क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम बन्द गर्ने महासंघले जनाएको छ।

उसले सबै काम ठप्प पारेर आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेको छ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा अन्तिम र निर्णायक आन्दोलन भन्दै महासंघ संघर्षमा उत्रिएको छ।

प्रतिक्रिया