अर्घाखाँची। अर्घाखाँचीको मालारानी गाउँपालिका-३ ढुङ्गाडेस्थित लुटीपोखरी-खनदह भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब २००-२५० मिटर तल खसेको थियो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ बिहान ३:५० बजे ईलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्। अन्य दुई घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
प्रतिक्रिया