काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा र्याली निकालेका छन्।
शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ।
नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन्।महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार र्यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन्।आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको उनले बताइन्। ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ। अनुशासित र मर्यादित बनाउन ८ सय स्वयंसेवक परिचालन गरेका छौ। प्रदेश प्रदेशबाट पनि १००/१०० जना परिचालन गरिएको छ,’ उनले भनिन्।
प्रतिक्रिया