October 23, 2026, 1:09 pm
» राष्ट्र बैंकले बन्द गर्‍यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा » आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी » द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य » रवि लामिछाने पत्नी निकितासहित भारत प्रस्थान » ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित

“स्कुल बस र सार्वजनिक बस निकै पुराना भएकाले पनि दुर्घटनाको जोखिम बढेको छ : सांसद जीवन परियार

साउन १५, २०८१ मा प्रकाशित | २३६०४ दर्शक तीव्रखबर

काठमाडौँ,  नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले दुर्घटना न्यूनीकरणका योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“स्कुल बस र सार्वजनिक बस निकै पुराना भएकाले पनि दुर्घटनाको जोखिम बढेको छ, सरकारले यसलाई नियमन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “घुम्ती सडकमा छेकबार तथा सङ्केत चिह्न नहुँदा दुर्घटना हुने गरेका छन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलैमा ध्यान दिनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यप्रसाद ढकालले बाँकेको राप्तीसोनारी गाउँपालिका– ७ झगडिया क्षेत्रमा राप्ती नदीमा यथाशीघ्र तटबन्धको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“बेलैमा तटबन्ध गरिएन भने राप्तीसोनारी–७ को आधा गाउँ र नरैनापुर गाउँपालिकाका सबै वडा डुबान जोखिममा पर्ने र ६० हजार बढी जनता विस्थापित हुने देखिएको छ, यतातर्फ सरकार र सिङ्गो सदनको ध्यान जानुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले धादिङ जिल्ला अस्पतालभित्र राजनीति गतिविधि व्याप्त भएको दाबी गर्दै अस्पताल व्यवस्थापन समितिलाई पार्टीको भ्रातृ सङ्गठन बनाइएकामा विरोध गर्नुभयो ।

“अस्पतालमा कार्यरत सक्षम जनशक्तिलाई टिक्न नदिइ सरुवा गराउन गरिएको छ, स्वास्थ्य संस्थालाई यसैगरी अघि बढाउने हो भने स्वाथ्य क्षेत्रमा सुधार हुन्छ ? स्वास्थ्य क्षेत्रमा राजनीतिक दलले गैरजिम्मेवार काम गर्न हुँदैन”, उहाँले भन्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले चितवनको सीमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजी प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले वैदेशिक रोजगारी जाने युवाहरु ठगी बढिरहेको तथ्य प्रस्तुत गर्दै ठगी नियन्त्रणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले रुस–युक्रेन युद्धमा घाइते भएका दैलेखका दुई युवाका उद्धार गरी स्वदेश फर्काउन सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *