कविता
– हिमा कडरिया (महिमा)
मनै सागर, मनै पहाड, मनै हिमाल भए,
मनै केही न उमार्ने चट्टान पत्थर ।।
मनै उर्बर, रंगिन माटो भए,
मनै सभ्य, भब्य, मनै असभ्य ।।
मनै फुल भए फुलको मनलाई फुलै बजार,
काडा बिच गुलाब फुलाउनेलाई फुलकै बहार ।।
हिलो भइ कमल फुलाउनेलाई फुलै उपहार
यहाँ फुल नफुलाउनेलाई न बहार , न त उपहार ।।
प्रतिक्रिया