April 9, 2025, 11:00 pm

म तिम्रो सत्य भित्र अटन सकिन

चैत्र ८, २०८१ मा प्रकाशित | १५५०दर्शक तीव्रखबर

कविता

म तिम्रो सत्य भित्र अटन सकिन

– हिमा कडरिया (महिमा)

सरी म तिम्रो सत्य भित्र अटन सकिन प्रिय्
सायद थियो तिम्रो सत्य साघुरो वा अध्यारो
या तिम्रो सत्य र मेरो सत्यमा फराकिलो अन्तर ।।।

दुईमा एक चाहिँ पक्का थियो तर आकाश र धर्ती जति चाहिँ हैन
बरु हिमाल र पहाड जति चाहिँ पक्का हो ।।।

म तिम्रो सत्यमा अटन सकिन बरु तिमी मेरो सत्यमा अटन सक्छौ
तिमी अटल अविरल नदि हौ भने म बिशाल सागार ,त्यसैले म तिम्रो सत्यमा अट्न सकिन ।।।

प्रतिक्रिया