October 23, 2026, 8:01 am
» द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य » रवि लामिछाने पत्नी निकितासहित भारत प्रस्थान » ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित » आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने » मेटामाथि अमेरिकामा २५ अर्ब डलर जरिवाना

अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

साउन १५, २०८१ मा प्रकाशित | १९५०४ दर्शक तीव्रखबर

काठमाडौं,  सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा सिराहा साबिक ईटहर्वा गाविस-३ घर भएका २७ वर्षीय इम्तियाज अहमदलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सिराहा लहान नगरपालिका-३ बाट पक्राउ गरेको हो ।

अहमदले पीडितहरूलाई डलर, कम्प्युटर, ल्यापटप, आईफोन सहितको लगेज, विदेशमा रहेको व्यक्तिको कोभिडले मृत्यु भएको र निज मृतकको नाममा नेशनल बैंकको खातामा रहेको रकम लिन भनि उत्तराधिकारी बनाई प्रलोभनमा पारी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरूमा ५६ लाख १० हजार ६ सय ९९ रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *