October 23, 2026, 8:01 am
» द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य » रवि लामिछाने पत्नी निकितासहित भारत प्रस्थान » ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित » आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने » मेटामाथि अमेरिकामा २५ अर्ब डलर जरिवाना

उपप्रधानमन्त्री सिंहले गरे निर्माणाधीन संसद भवनको अवलोकन

साउन १५, २०८१ मा प्रकाशित | २४७०४ दर्शक तीव्रखबर

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण निर्माण कार्य छिटो सम्पन्न गरेका छन् ।

२०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको नदेखिएको उपप्रधानमन्त्री सिंहले बताए ।

उनले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए ।

यस अघि सभामुख देवराज घिमिरे, प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारी र मन्त्रीहरुले यसअघि काममा तीव्रता दिन निर्देशन दिए पनि ठेकेदार कम्पनीले चासो नलिएको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *