October 23, 2026, 8:02 am
» द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य » रवि लामिछाने पत्नी निकितासहित भारत प्रस्थान » ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित » आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने » मेटामाथि अमेरिकामा २५ अर्ब डलर जरिवाना

सुनुवाई समितिबाट निर्वाचन आयुक्तमा सिफारिस प्रधान सर्वसम्मतिले अस्वीकृत

साउन १५, २०८१ मा प्रकाशित | २०६०४ दर्शक तीव्रखबर

काठमाडौं । संसदीय सुनुवाइ समितिले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सर्वसम्मतिले अस्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको समितिको बैठकले प्रधान आफैंले उम्मेदवारी कायम राख्न नचाहेको भन्दै सर्वसम्मत रुपमा अस्वीकृत गर्ने निर्णय गरेको हो । प्रस्तावित व्यक्ति स्वयंबाट नै आफ्नो उम्मेदवारी कायम नराख्न समितिमा निवेदन दिएपछि अस्वीकृत गरिएको समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।

नाम अनुमोदन नहुने निश्चित भएपछि आयुक्तमा सिफारिस प्रधानले आफैंले आज समितिमा नाम फिर्ता लिने भन्दै निवेदन दिएक थिए । उनले समितिलाई पत्र दिएर आफू प्रक्रियाबाट अलग भएको जानकारी गराएका थिए ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संबैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको थियो । नाम फिर्ताको तयारीका कारण सोमबार बिहान ११ बजेका लागि तय भएको सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सारिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *