‘फाईल सायल सवै तपाईकै हातमा रैछ के प्रतिकृया दिनु पर्ला त ? : अध्यक्ष बस्नेत (अडियो सहित)

- May 21, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । भन्सार र राजश्वका कर्मचारीको अकूत सम्पत्ति लुकाएको आरोपमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत (होमबहादुर) माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा उनले घुमाउरो जवाफ दिदै आफु सरकारी कर्मचारी नभएकाले कुनै कारबाही हुन नसक्ने बताएका छन् ।

उनको व्यापारमा कालोधनको लगानी र सो लगानीमा सरकारी कर्मचारीको रकम रहेको भन्दै छानविनको माग राखी ५ वर्ष अघि अख्तियारमा उजुरी दर्ता भएको थियो । ५ वर्ष अघि दर्ता भएको उजुरीमाथी कुनै कारबाही अगाडी नबढेको भन्दै सो सम्बन्धमा सम्बन्धित पक्षबाट गत साता उजुरी मेटाई दिन शक्तीकेन्द्रबाट दवाव दिएको भन्ने समाचार प्रकाशन भएपछि अध्यक्ष बस्नेत सम्र्पकमा आएपनि सो सम्बन्धमा खुलेर खासै प्रतिकृया दिन भने चाहेनन् ।

तत्कालिन समयमा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भन्सार छलीका सामान भित्राउँदै ब्यापारमा हात हालेका उनका कम्पनीमा भन्सार र राजस्वका कर्मचारीले भ्रष्टाचारबाट कमाएको अकुत सम्पत्ति लगानी गरेको उजुरीका आधारमा आयोगले उनको फाइल पुनः ब्यूँताउने तयारी गरेपछि अध्यक्ष बस्नेतको प्रतिनिधिहरु सो मुद्दा निस्कृय बनाई दिनकालागि माथिल्लो शक्तीकेन्द्रको दवाव दिन लगाएको आरोप उनीहरुमाथी लागेको छ ।

५ बर्षअघि अख्तियारका तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतले तामेलीमा हालेको फाइल अहिले फेरि ब्युत्याइएको अख्तियार स्रोतले जनाएको छ । क्षमादेवी गु्रपका नाममा बस्नेतले पछिल्लो समयमा घर निर्माणमा प्रयोग हुने युपीभीसी, ट्रष्टको ब्यापार सुरु गरेका छन् । उनले युपीभीसीका नाममा एलसी खोलेर अरु सामान आयात गरेको सूचना पनि अख्तियारमा पुगेको बताईएको छ ।

नेपालका भन्सार र राजस्वका कर्मचारीको भ्रष्टाचारको पैसा लगानीको लहरो खोज्दै जाँदा क्षमादेवीका बस्नेतले सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेका क्रसरमा समेत लगानी गरेको अख्तियारको छानबिनमा खुलेको बताइएको छ । सो उजुरीका सम्बन्धमा खास कुरो के हो भनी बस्नेतसंग प्रतिकृया लिदा उनले भने,‘सवै यहाँलाई थाहा रैछ, फाईल सायल सवै यहाँहरुसंगै रहेछ, यस सम्बन्धमा के भन्नु छ र ? जति अंक लेख्न मन लाग्छ लेख्नुहोस् ।’

सुन्नुहोस अध्यक्ष बस्नेतको अडियो (सम्पादन नगरिएको) 

उनीसंग भएको कुराकानीकै क्रममा पत्रकारिता गर्न समेत सिकाउनु भएको छ । उनले अगाडी भने,‘कसैले मेरो विरुद्धमा उजुरी ग¥यो, बोलाईयो गए जवाफ दिए, सक्कियो ।’ अख्तियारले भन्सार र राजस्वका पूर्व र बहालवाला कर्मचारी कस कसले क्षमादेवीमार्फत् लगानी गरेका छन्, छानबिन गरिरहेको छ । कर्मचारीको अकूत सम्पत्ति छानबिन गर्ने क्रममा क्षमादेवीको कारोबारको छानबिन गर्दै जाँदा थुप्रैको लगानी भएको आशंकामा अख्तियारले छानबिन अगाडि बढाउने तयारी गरेको समेत अख्तियार स्रोतले जनाएको छ ।

र यो पनि…

क्षमादेवी ग्रुपको अबैधधन्दा : अख्तियारमा परेको उजुरी फाईल मेटाउन बस्नेतको चलखेल

भन्सारका भ्रष्टहरुको कालोधन यो ग्रुपमा लगानी : शक्तीकेन्द्रको आँडमा भएन उजुरीमाथी छानविन

क्षमादेवी ग्रुपको चार वर्षअघिको फाईल अख्तियारमा खुल्दै

वाणिज्य संघका अध्यक्ष बस्नेतद्वारा धम्की : ‘म कुन परिवारको हो, तँलाई देखाईदिन्छु’ !!!


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!