क्षमादेवी ग्रुपको चार वर्षअघिको फाईल अख्तियारमा खुल्दै

- September 27, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पवित्रमणी शर्मा

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाकाबाट तत्कालिन समयमा भन्सार छलीका सामान भित्राउँदै ब्यापारमा हात हालेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत अर्थात राजकुरमा बस्नेतको अबैधधन्दा र अकुत सम्पत्ती आर्जन गरेको भन्दै परेको उजुरीमाथी पुनः छानविन प्रकृया अगाडी बढाइएको छ । सामान्य परिवारमा जन्मीएका बस्नेतले खोलेको क्षमादेवी ग्रुप नामक कम्पनी मार्फत भन्सार र राजस्वका केही भ्रष्ट कर्मचारीकोस्रोत नखुलेकोअकुत सम्पत्ति लगानी गरेको भन्दै छानविन गरि कारबाहीको माग राख्दै ४ वर्ष अघिनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

४ बर्षअघि अख्तियारका तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतसंगको मिलिमतोमा सो उजुरीलाई तामेलीमा हालेर मुद्दालाई निस्कृय बनाउदै ठूलो रकमको खोलोफड्को गरेर उन्मुक्ति पाएका राजकुमारको सोही मुद्दाको फाईल पुनः अनुसन्धान र अनुगमनसम्मको कार्य गरिने गरि काम अघि बढे्को अख्तियार स्थीत उच्च स्रोतले तीव्रखबरको भेटमा बताएको छ । स्रोतले नाम गोप्य राख्ने सर्तमा भन्यो,‘तत्कालिन समयमा पनि केही हदसम्म छानविन भएको थियो तर, आरोपीत सो ग्रुपका अध्यक्षले तत्कालिन आयुक्त प्रमुख बस्नेतसंग भेटेर मुद्दालाई तामेलीमा हाल्न सफल भएपछि छानविन विचैमा रोकिएको थियो, अहिले सो मुद्दालाई गहिरिएर छानविन गरेमा कर्मचारप र व्यापारी बस्नेत सवैमाथी कारबाही हुने पक्का छ ।’

सो ग्रूपका अध्यक्ष तथा वाणिज्य संघ सिन्धुपाल्चोका अध्यक्ष समेत रहेका बस्नेतले अबैध रकम लिएर घर निर्माणमा प्रयोग हुने युपीभीसी, ट्रष्टको ब्यापार सुरु गरेसंगै सोही सामान आयातको नाममा अबैध प्रतिबन्धित सामान नेपाल भित्राउदै आएको समेत आरोप उनीमाथी लागेको छ । उनले युपीभीसीका नाममा एलसी खोलेर अरु सामान आयात गरेको सूचना सहित अख्तियारमा उजुरी परेपनि शक्ती र पैसाँको बलमा सो उजुरीमाथी छानविन अहिलेसम्म हुन सकेको छैन ।

रसुवादेखि विभिन्न आकर्षक भन्सार कार्यालयमा बसेर अकूत सम्पत्ति आर्जन गरेका अधिकृत श्याम बस्नेत, कृष्ण बस्नेत, लक्ष्मण बास्तोलालगायतका भन्सारका कर्मचारीहरुको लगानी रहेको क्षमादेवी ग्रुपमा भएको उजुरीका आधारमा अख्तियारले छानबिन नगर्नुलाई रह¥यको रुपमा हेरिएको छ । तत्कालिन समयमा दीप बस्नेतका भाइ श्याम बस्नेतले नै उक्त उजुरी यसअघि तामेलीमा हाल्न भूमिका खेलेको आरोप अख्तियार कर्मचारीले बताएका छन् ।  अख्तियारले भन्सार र राजस्वका पूर्व र बहालवाला कर्मचारी कस कसले क्षमादेवीमार्फत् लगानी गरेका छन्, छानबिन गरिरहेको बताएपनि सो बारे थप केही जानकारी भने दिन चाहेनन ।

कर्मचारीको अकूत सम्पत्तिकै कारण क्षमादेवीको कारोबार समेत शंकास्पद रहन गएको छ । क्षमादेवीका बस्नेत, उनका परिवार र कम्पनीकै नाममा प्रशस्त जग्गा जमिन समेत खरिद गरेको भेटिएको छ । भन्सार र राजश्वका कर्मचारीको अकूत सम्पत्ति लुकाएको आरोपमा स्नेतमाथि अख्तियारले छानबिन सुरु गरेकोकर्मचारीको भनाई रहेको छ । व्यापारमा कालोधनको लगानी र सम्पत्ति शुद्धीकरणको आरोप बस्नेतमाथि लाग्दै आएको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भन्सार छलीका सामान भित्राउँदै ब्यापारमा हात हालेका उनका कम्पनीमा भन्सार र राजस्वका कर्मचारीले भ्रष्टाचारबाट कमाएको अकुत सम्पत्ति लगानी गरेको उजुरीका आधारमा आयोगले उनको फाइल पुनः ब्यूँताएकोजनाएको हो । ४ बर्षअघि अख्तियारका तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतले तामेलीमा हालेको फाइल अहिले फेरि ब्युत्याइएको अख्तियार स्रोतलेजनाएको छ ।

बस्नेतको सिन्धुपाल्चोकदेखि सिन्धुली सम्मको क्रसरमा समेत लगानी गरेको भन्दै उजुरी परेको छ । भन्सारका कर्मचारीहरुको लगानी पनि क्षमादेवी ग्रुपमा भएको उजुरीका आधारमा अख्तियारले छानबिन गर्नलागेको बताइएको छ । अख्तियारले भन्सार र राजस्वका पूर्व र बहालवाला कर्मचारी कस कसले क्षमादेवीमार्फत् लगानी गरेका छन्, छानबिन गरिरहेको छ । कर्मचारीको अकूत सम्पत्ति छानबिन गर्ने क्रममा क्षमादेवीको कारोबारको छानबिन गर्दै जाँदा थुप्रैको लगानी भएको आशंकामा अख्तियारले छानबिन अगाडि बढाएकोबताइएको छ ।

स्रोतका अनुसार क्षमादेवीका बस्नेत, उनका परिवार र कम्पनीकै नाममा प्रशस्त जग्गा जमिन समेत रहेको अख्तियारको छानबिनका क्रममा देखिएको छ । राजकुमार बस्नेतका दाजु भूपाल बस्नेतदेखि अष्ट्रेलियामा बस्ने उनकी छोरी पवित्रा बस्नेत र राजेश बस्नेतसहितको नाममा विद्यमान हदबन्दी छल्न सो ग्रुरुपका नाममा समेत काठमाडौंदेखि धेरै ठाउँमा जग्गाजमिन खरिद गरेको भेटिएको छ ।  सो ग्रुपले स्रोत नखुलेको पैसा हुन्डी मार्फत विदेश पठाउने कार्य समेत गर्दै आएको आरोप लागेको छ । सोग्रुपले अष्ट्रलिया, भारत, चिनमा विशेषगरी हुण्डी माफर्,त रकम पठाउने गरेको समेत आरोप उनी निकट एक व्यवसायीले नाम गोप्यो राख्ने सर्तमा लगाएका छन् । सो सम्बन्धमा तीव्रखरकोक्राइम व्यूरोद्वारा थप विवरणको खोजी कार्य जारी राखेको छ ।

यो पनि पढ्नुभयो ?

भन्सारका भ्रष्टहरुको कालोधन यो ग्रुपमा लगानी : शक्तीकेन्द्रको आँडमा भएन उजुरीमाथी छानविन


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!