रोशन कार्की
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाकाबाट तत्कालिन समयमा भन्सार छलीका सामान भित्राउँदै ब्यापारमा हात हालेका होमबहादुर बस्नेत अर्थात राजकुमार बस्नेतको अबैधधन्दा र अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीमाथी सरकारी निकायबाट कुनै प्रकृया अहिलेसम्म अगाडी बढाइएको छैन् ।
पछिल्लो समयमा भ्रष्टाचार र अनियमितता गर्नेहरुको फाईल खोली सरकारले कारबाही अगाडी बढाएपछि आफ्नो पनि अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा परेको उजुरीमा कुनै पनि बेला कारबाही हुने भएपछि अहिले क्षमादेबी ग्रुपका अध्यक्ष बस्नेत शक्तिकेन्द्र धाई रहेको समाचार प्राप्त भएको छ ।
सामान्य परिवारमा जन्मीएका बस्नेतले खोलेको क्षमादेवी ग्रुप नामक कम्पनी मार्फत भन्सार र राजस्वका केही भ्रष्ट कर्मचारीको स्रोत नखुलेको अकुत सम्पत्ति लगानी गरेको भन्दै छानविन गरि कारबाहीको माग राख्दै ५ वर्ष अघि आयोगमा उजुरी परेको थियो । ५ बर्षअघि अख्तियारका तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतसंगको मिलिमतोमा सो उजुरीलाई ‘तामेली’ मा हालेर मुद्दालाई निस्कृय बनाउन सफल भएका बस्नेत अहिले ‘नक्कली भुटानी’ को केशमा आयोगकै प्रमुख समेत मुछिएपछि कुनै पनि बेला फाईल खोलिने डरले अहिले सो सक्कल फाईलनै झिक्ने अबैध कृयाकलापमा लागेको आयोगकै एक कर्मचारीले बताएका छन् ।
गोप्य रुपमा दिएको जानकारी अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ग्रुपका अध्यक्ष बस्नेतको दाजु साईनो पर्ने मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री भएपछि सोही पावर प्रयोग गरि अख्तियारमा परेको उजुरीको सक्कल फाईल झिक्ने सेटिङ मिलाउदै गरेको बताएका छन् ।
स्रोतले नाम गोप्य राख्ने सर्तमा भन्यो,‘तत्कालिन समयमा पनि केही हदसम्म छानविन भएको थियो तर, आरोपीत सो ग्रुपका अध्यक्ष राजकुमारले तत्कालिन आयुक्त प्रमुख बस्नेतसंग भेटेर मुद्दालाई तामेलीमा हाल्न सफल भएका थिए, अहिले आएर सो तामेलिमा रहेको फाईलनै अख्तियारको दर्ताबाटै मेटाईदिन समेत माथिल्लो तहको आँडमा दबवा दिदै आएका छ ।’
अध्यक्ष बस्नेतको प्रतिनिधि भएको भन्दै अख्तियारका केही कर्मचारीलाई ‘सुरापान’ को समेत व्यवस्था गरेर जसरी पनि सो उजुरीको फाईल मेटाईदिन आग्रह समेत गर्दै आएको अख्तियार स्रोतले बताएको छ । हाल सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष समेत रहेका बस्नेतले अबैध रकम लिएर घर निर्माणमा प्रयोग हुने युपीभीसी, ट्रष्टको ब्यापार सुरु गरेसंगै सोही सामान आयातको नाममा अबैध प्रतिबन्धित सामान नेपाल भित्राउदै आएको समेत आरोप उनीमाथी लादै आएको छ ।
भन्सारका भ्रष्टहरुको कालोधन यो ग्रुपमा लगानी : शक्तीकेन्द्रको आँडमा भएन उजुरीमाथी छानविन
वाणिज्य संघका अध्यक्ष बस्नेतद्वारा धम्की : ‘म कुन परिवारको हो, तँलाई देखाईदिन्छु’ !!!
उनले युपीभीसीका नाममा एलसी खोलेर अरु सामान आयात गरेको सूचना सहित अख्तियारमा उजुरी परेपनि शक्ती र पैसाँको बलमा सो उजुरीमाथी छानविन अहिलेसम्म रोक्न सफल भएका छन् । तत्कालिन समयमा तातोपानी र रसुवादेखि विभिन्न आकर्षक भन्सार कार्यालयमा बसेर अकूत सम्पत्ति आर्जन गरेका अधिकृत श्याम बस्नेत, कृष्ण बस्नेत, लक्ष्मण बास्तोलालगायत केही पुर्व भन्सार प्रमुखसमेको लगानी रहेको क्षमादेवी ग्रुपमा भएको उजुरीका आधारमा अख्तियारले छानबिन नगर्नुलाई रह¥यका साथ हेरिएको छ ।
तत्कालिन समयमा दीप बस्नेतका भाई श्याम बस्नेतले नै उक्त उजुरीलाई ‘तामेली’ मा हाल्ने कार्यको मुख्य भूमिका खेलेको आरोप अख्तियार कर्मचारीले बताएका छन् । अख्तियारले भन्सार र राजस्वका पूर्व र बहालवाला कर्मचारी कस कसले क्षमादेवी मार्फत् लगानी गरेका छन्, छानबिन गरिरहेको बताए पनि सो बारे थप केही जानकारी भने दिन चाहेनन ।
अख्तियारले भने उजुरी परेको छ, छानविनको क्रममा रहेका विषयमा केही बोल्न नमिल्ने भन्दै सो बारे केही जानकारी दिन इन्कार गरेको छ । सरकारी कर्मचारीको अकूत सम्पत्तिकै कारण क्षमादेवीको कारोबार समेत शंकास्पद रहेको प्रष्ट भएपनि छानविन भने अहिलेसम्म हुन सकेको छैन ।
भन्सार र राजश्वका कर्मचारीको अकूत सम्पत्ति लुकाएको आरोपमा बस्नेतमाथि अख्तियारले छानबिन सुरु गरेको खण्डमा सम्पत्तीको स्रोत देखाउन बस्नेतले नसक्ने ठहर अख्तियारका कर्मचारीको भनाई रहेको छ । व्यापारमा कालोधनको लगानी र सम्पत्ति शुद्धीकरणको आरोप बस्नेतमाथि लागेको छ ।
अख्तियारका तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतले तामेलीमा राखेको फाइल अहिले फेरि खुल्ने डरले सो फाईल जसरी पनि जति खर्च गरेर भएपनि अख्तियारबाटै मेटाउनकालाथि बस्नेतले चलखेल गर्दै आएका छन् । यसरी अबैधरुपमा संकलन गरेको रकमलाई बस्नेतले सिन्धुपाल्चोकदेखि सिन्धुलीसम्मको क्रसरमा समेत लगानी गरेको भन्दै उजुरी परेको थियो ।
राजकुमारको दाजु भूपाल बस्नेतदेखि अष्ट्रेलियामा बस्ने उनकी छोरी पवित्रा बस्नेत र राजेश बस्नेतसहितको नाममा विद्यमान हदबन्दी छल्न सो ग्रुपका नाममा समेत काठमाडौंदेखि धेरै ठाउँमा जग्गाजमिन खरिद गरेको आरोप पत्रमा रहेको बताइएको छ । सो ग्रुपले स्रोत नखुलेको पैसा हुन्डी मार्फत विदेश पठाउने कार्य समेत गर्दै आएको आरोप लागेको छ ।
ग्रुपका अध्यक्ष बस्नेतले अष्ट्रलिया, भारत, चीनमा विशेषगरी हुण्डी मार्फत रकम पठाउने गरेको उनी निकट व्यवसायीले नाम गोप्ये राख्ने सर्तमा बताएका छन् । यस सम्बन्धमा सो ग्रुपका अध्यक्ष तथा उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक अध्यक्ष बस्नेतको मोबाईल नम्बर ९८५१०९२९…नम्बरमा पटकपटक सम्र्पक गर्दा सुरुमा फोन लागेपनि पछि नलाग्ने बनाएका कारण सम्र्पक हुन सकेन ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ का स्थायी बासिन्दाको रुपमा भोट लिस्टमा नाम भएका बस्नेतले अबैधधन्दालाई सहज रुपमा गरि राख्नकै लागि करोडौ रुपैयाँ खर्च गरेर सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष बनेको आरोप लागेको छ । २०४९ सालदेखि खासा व्यापारमा हात हालेका बस्नेत सामान्य किसानका छोराका रुपमा सो क्षेत्रमा चिनिने गरेका छन् ।
बुबा वीरबहादुर बस्नेत खेती किसानी गर्दै आएका छन् । खेतबारीमा काम गर्दा गर्दै होमबहादुरले साथीसँग मिलेर खासाबाट सामान किनेर बेच्ने काम सुरु गरेका थिए । पछि आफैले समान आयात गर्न थालेका बस्तेत ३० वर्षकै अन्तरातमा अकुत सम्पत्ती कसरी आर्जन गरे भन्ने बारेम अहिले बाह्रबिसे बजारमा बहसकै विषय बनेको छ ।
एक दशक सामान्य रूपमा खासा व्यापार गर्दै आएका बस्नेत २०६३ सालमा उनले एकाएक ‘क्षमादेवी ग्रुप’ नामक कम्पनी खडा गरेर अबैधधन्दाको सुरुवात गरेको उनी निकट व्यवसायीहरुले बताएका छन् । किसान परिवारबाट आएका बस्तेतले थोरै समयमा मुलुकभर व्यापार सञ्जाल कसरी बढाउन सके भन्ने विषयमा समेत अहिले उनी निकट व्यवसायीहरुले चर्चा गर्न थालेका छन् ।
खासाबाट रेडिमेड र इलेक्ट्रोनिक्स सामानको आयात गर्दै आएका बस्नेल सामान्य पृष्टभुमीका व्यापारीका रुपमा रहेका बस्नेतले अहिले ६ वटा विभाग बनाएर अबैधधन्दालाई निरन्तरता दिदै आएको आरोप लागेको छ । उनले बिक्री गर्ने सामान ७० प्रतिशत चीन र ३० प्रतिशत भारतबाट आयात गर्दै आएको बताइएको छ ।
क्षमादेवी नामक कम्पनीबाट बस्नेतले चीनबाट युपिभिसीको झ्यालढोका, छानो र पोलिकार्बोनेसी लगायत भवन निर्माणमा प्रयोग हुने सामग्री आयात गर्दै आएको तर उनले भ्रामक प्रचार गरेर ती सामान अष्ट्रेलियाबाट आयात गरेको भन्दै मंहगोमा बिक्री गर्दै आएका छन् ।
यतिमात्र नभई नक्कली विलमार्फत आर्थिक कारोबार गरेर मासिक रुपमा ३२ करोड रुपैयाँभन्दा बढी राजश्व छली गर्दै आएको आरोप उनीमाथी लागेको छ । क्षमादेवी ग्रुपको नाममा काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोकबाहेक बिर्तामोड, विराटनगर, चितवन, बुटवल, भैरहवा, पोखरा, धनगढीलगायतका ठाउँमा शाखा खोलेर अबैधधन्दा चलाउदै आएको आरोप उनी निकट व्यवसायीले लगाएका छन् ।
प्रतिक्रिया