वाणिज्य संघका अध्यक्ष बस्नेतद्वारा धम्की : ‘म कुन परिवारको हो, तँलाई देखाईदिन्छु’ !!!

- October 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चीनबाट ल्याएका गुणस्तहिन सामानलाई जर्मनी उत्पादनभन्दै बेच्दै क्षमादेवी

काठमाडौं । चीनबाट चोरीपैठारी गरि नेपाल भित्राएको गुणस्तहिन सामानको बिक्री गर्दै आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका होमबहादुर बस्नेतको कालोधन्दाको थप विवरण आउनेक्रममा तीव्रता पाएको छ । राजनीतिक शक्तीकेन्द्र र नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मोहनबहादुर बस्नेतको संरक्षणमा रहेका होमबहादुर उर्फ राजकुमार बस्नेतले चीनबाट सामान आयात गरेर जर्मनी उत्पादन भन्दै भ्रामक प्रचार गरेर अत्याधिक मंहगोमा बिक्री गरेको आरोप उनीमाथी लागेको छ ।

अहिलेको युग नयाँ नयाँ प्रविधिको युग भएको र समयको बचतसंगै सहजरुपमा घर निर्माणदेखि झ्याल ढोकाहरु लगाउने कार्यमा उपभोक्ताहरु आकर्षित भएको मौका छोप्दै विगत २५ वर्षदेखि निरन्तर रुपमा गुणस्रहिन सामानको बिक्री गर्दै आएको भेटिएको छ । मानिसको दैनिक जीवनलाई सहज र सरल बनाउने भन्दै पछिल्लो समय विकास भएका विद्युतीय सामग्रीहरुमा न्यून गुणस्तरका सामानको प्रयोग गराएर अत्याधिक रकम असुली समेत गर्दै आएको क्षमादेबी ग्रुप लामोसमयदेखि राजश्व र कर समेत छली गर्दै नक्कली बीलविजकबाट आर्थिक कारोबार समेत गर्दै आएको आरोप लागेको छ ।

फ्रिज, एसी, मिक्स्चर, गिजर, फ्यान, लगायतका विद्युतीय सामग्रीहरुले मानिसको दैनिकीलाई सहज बनाएपनि ति बस्तु गुणस्तहिन भएकै कारण असुरक्षित समेत बन्दै गएको छ । भने अर्कोतर्फ ती गुणस्तरहिन बस्तुको आफुखुशी मुल्य निर्धारण गरेर बिक्री गर्दै आएका व्यापारीलाई भने मालामाल हुदै गएको छ ।

छिमेकी राष्ट्र चीन र भारतमा बनेका गुणस्तरहिन बस्तुको आयात गरेर सिधै युरोप, फ्रान्स, जर्मन जस्ता देशहरुबाट सामग्रीहरु नेपालमा आयात गरेको भ्रामक प्रचार गरेर सो ग्रुपले उपभोक्तामाथी खुला रुपमा ठगीधन्दा गर्दै आएको भेटिएको छ । आयातीत विद्युतीय सामग्रीहरु कतिपय गुणस्तरयुक्त छन् भने कतिपय गुणस्तरहिन छन् भन्ने प्रमाणित सरकारी निकायबाट दिने पत्र समेत नक्कली बनाएर उपभोक्तामाथी ठगी गर्दै आएको सो ग्रुपमाथी छानविन नगरिदा झन ठूलो समस्या थपिदै गएको छ ।

विद्युतीय सामग्रीको भन्सारमा गुणस्तर परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था नहुँदाको फाईदा समेत अबैधधन्दा गर्ने यस्ता ग्रुपहरुले लिदै आएका छन् । नेपालमा हरेक किसिमका विद्युतीय सामग्री भित्रदा उपभोक्ताहरु सुरक्षित हुन सकेका छैनन् । सरकारले विद्युतीय सामग्रीको गुणस्तर परीक्षण गर्ने प्रावधानको व्यवस्था नगर्दा उपभोक्ताहरुले बजारमा आएका कुन सामग्री गुणस्तरयुक्त हुन् कुन गुणस्तरयुक्त होइनन् भन्ने विषय छुट्याउन सक्दैनन् ।

तसर्थ यस विषयमा सरकारले चासो दिनु आवश्यक छ । नेपालमा विभिन्न कम्पनी तथा ब्राण्डका विद्युतीय सामग्रीहरु भित्रने गर्दछ । हरेक कम्पनीले आफ्नो राम्रो भनिरहेका हुन्छन् यद्यपि ग्राहकलाई कुन सामग्री गुणस्तरयुक्त छन् भन्ने विषयमा एथेष्ट जानकारी हुँदैन जसका कारण विद्युतीय दुर्घटना नियन्त्रणभन्दा पनि झन बढ्दै गएको छ । यस्ता दुर्घटनाले मानवीय क्षति सँगै धनजनको पनि ठूलो क्षति गराउँदै आएको छ ।

कालोधन लगानी रहेको क्षमादेवी ग्रुपमाथी भएन छानविन

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट तत्कालिन समयमा भन्सार छलीका सामान भित्राउँदै ब्यापारमा हात हालेका नेपाल उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होमबहादुर बस्नेतको अबैधधन्दामाथी सरकारी निकायबाट छानविन नहुदाँ त्यसको फाईदा व्यापारी उठाउदै आएको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा सामान्य परिवारमा जन्मीएका र राजकुमारको नामबाट अधिकाशंले चिन्ने उनै बस्नेतले खोलेको क्षमादेवी ग्रुप नामक कम्पनीमा भन्सार र राजस्वका भ्रष्ट कर्मचारीको स्रोत खुलाउन नसक्ने अकुत सम्पत्ति लगानी गरेको भन्दै छानविन गरि कारबाहीको माग राख्दै ४ वर्ष अघिनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि हालसम्म सो उजुरीमाथी कुनै कारबाही भने गरिएको छैन ।

४ बर्षअघि अख्तियारका तत्कालीन प्रमुख आयुक्त दीपबहादुर बस्नेतको टिमलाई ठूलो कमिशनको थैली बुझाएर तामेलीमा हालेर उजुरीको फाईललाई निस्कृय बनाएको आयोगकै एक कर्मचारीले बताए । क्षमादेवी गु्रपका नाममा बस्नेतले पछिल्लो समयमा घर निर्माणमा प्रयोग हुने युपीभीसी, ट्रष्टको ब्यापार सुरु गरेसंगै सोही सामान आयातको नाममा अबैध प्रतिबन्धित सामान नेपाल भित्राउदै आएको समेत आरोप उनीमाथी लागेको छ ।

उनले युपीभीसीका नाममा एलसी खोलेर अरु सामान आयात गरेको सूचना सहित अख्तियारमा उजुरी परेपनि शक्ती र पैसाँको बलमा सो उजुरीमाथी छानविन अहिलेसम्म हुन सकेको छैन । रसुवादेखि विभिन्न आकर्षक भन्सार कार्यालयमा बसेर अकूत सम्पत्ति आर्जन गरेका अधिकृत श्याम बस्नेत, कृष्ण बस्नेत, लक्ष्मण बास्तोलालगायतका भन्सारका कर्मचारीहरुको लगानी रहेको क्षमादेवी ग्रुपमा भएको उजुरीका आधारमा अख्तियारले छानबिन नगर्नुलाई रह¥यको रुपमा हेरिएको छ ।

तत्कालिन समयमा दीप बस्नेतका भाइ श्याम बस्नेतले नै उक्त उजुरी यसअघि तामेलीमा हाल्न भूमिका खेलेको समेत बताइएको छ । नेपालका भन्सार र राजस्वका कर्मचारीको भ्रष्टाचारको पैसा लगानीको लहरो खोज्दै जाँदा क्षमादेवीका बस्नेतले सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेका क्रसरमा समेत लगानी गरेको दाबी गरिएको छ ।

अख्तियारले भन्सार र राजस्वका पूर्व र बहालवाला कर्मचारी कस कसले क्षमादेवीमार्फत् लगानी गरेका छन्, छानबिन गरिरहेको बताएपनि सो बारे थप केही जानकारी भने दिन चाहेनन । कर्मचारीको अकूत सम्पत्तिकै कारण क्षमादेवीको कारोबार समेत शंकास्पद रहन गएको छ । क्षमादेवीका बस्नेत, उनका परिवार र कम्पनीकै नाममा प्रशस्त जग्गा जमिन समेत खरिद गरेको भेटिएको छ ।

राजकुमार बस्नेतका दाजु भूपाल बस्नेतदेखि अष्टे«ेलियामा बस्ने उनकी छोरी पवित्रा बस्नेत र राजेश बस्नेतसहित हदबन्दी छल्न ग्रुपका नाममा काठमाडौंदेखि धेरै ठाउँमा जग्गाजमिन रहेको भेटिएको छ । नेपालमा क्षमादेवी कम्पनीबाट स्रोत नखुलेको पैसा हुन्डीबाट अष्टे«लिया पठाई नेपालमा रेमिटेन्सका रुपमा भित्राउदै कालोधनलाई सेतो बनाउदै आएको समेत पाइएको छ।

एनको सम्पत्तिको छानविनकालागि सम्पत्ती शुद्धीकरणमा समेत उजुरी परेको छ । यसका आधारमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गर्न सक्ने आधार देखिएपछि उजुरी हालीएको समेत बताइएको छ । भन्सार र राजश्वका कर्मचारीको अकूत सम्पत्ति लुकाई दिई व्यापारमा कालोधनको लगानी र सम्पत्ति शुद्धीकरणको आरोप बस्नेतमाथि लाग्दै आएको छ । यसरी बस्नेतको सम्पत्तीको स्रोतमाथी प्रश्न उठेपछि सो कारबाही रोक्नकालागि सरकारी निकायमा अबैध रकमको थैलि बोकेर धाउने कार्यमा समेत बृद्धि भएको छ ।

उनको कालाव्यवसायको बारे समाचार तीव्रखबरले प्रकाशन गरेलगत्तै सो ग्रुपका अध्यक्ष बस्नेतले फोन गरी तथानाम गाली गलौज समेत गरेका थिए। उनले फोन गरि अपशव्द बोली ‘मेरो समाचार लेख्ने तँलाई देखाईदिन्छु म कुन परिवारको हो मु…तेरि…? भन्दै धम्की समेत दिएका छन् । उनीमाथी लागेको आरोपका बारेमा भने केही बोल्न चाहेनन् ।

अध्यक्ष बस्नेतले आक्रोशित हुदै फोनमा धम्काउदै भने,‘तलाई जे गरेपनि तेरो के जान्छ, मैले कस्लको पैसा लगानी गरे, म कुन परिवारको हो, तँलाई देखाईदिन्छु अब..विचार गरेर मेरो विरुद्धमा लेख्ने गर्नु, पछि केही भयो भने म जिम्मेवारी छैन, कमल छ भन्दैमा जे पनि लेख्ने…तलाई देखाईदिन्छु…।’

यस्तो छ बस्नेतको व्यवसाय :

सोही जिल्लाको बाह्रबिसे नगरपालिका–३ का स्थायी निवासी बस्नेतले अबैधधन्दालाई सहज रुपमा गरि राख्नकै लागि करोडौ रुपैयाँ खर्च गरेर सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष बनेको भन्ने आरोप समेत लागेको छ । २०४९ सालदेखि खासा व्यापारमा हात हालेका बस्नेत सामान्य किसानका छोरा हुन् ।

बुबा वीरबहादुर बस्नेतसहित परिवार नै खेती किसानी गर्दै आएका छन् । खेतबारीमा काम गर्दागर्दै उनले साथीसंगीसँग मिलेर खासाबाट सामान किनेर बेच्ने काम गरेका थिए । पछि आफैले समान आयात गर्न थालेका बस्तेत ३० वर्षकै अन्तरातभित्र अकुत सम्पत्ती कसरी आर्जन गरे भन्ने बारेम अहिले चौतर्फी बहस समेत सुरु भएको छ ।

एक दशक सामान्य रूपमा खासा व्यापार गर्दै आएका बस्नेत २०६३ सालमा उनले एकाएक ‘क्षमादेवी ग्रुप’ नामक कम्पनी स्थापना गरे । किसान परिवारबाट आएका बस्तेतले थोरै समयमा मुलुकभर व्यापार सञ्जाल कसरी बढाउन सके भन्ने बारेमा पनि उनी निकट व्यवसायीहरुले बताएका छन् ।

विशेषगरि खासाबाट रेडिमेड र इलेक्ट्रोनिक्स सामानको आयात गर्दै आएका थिए । सामान्य पृष्टभुमीका व्यापारी बस्नेतले अहिले सो ग्रुपमा ६ वटा विभाग बनाएर अबैधधन्दालाई निरन्तरता दिदै आएका आरोप लागेको छ । उनले बिक्री गर्ने सामान ७० प्रतिशत चीन र ३० प्रतिशत भारतबाट आयात गर्दै आएका छन् ।

क्षमादेवी नामक कम्पनीबाट बस्नेतले चीनबाट युपिभिसीको झ्यालढोका, छानो र पोलिकार्बोनेसी लगायत भवन निर्माणमा प्रयोग हुने सामग्री आयात गर्दै आएको छ । सम्पूर्ण इलेक्ट्रिकल सामग्रीका लागि क्षमादेवी लाइट विभाग, आलुमिनियम विभाग, टायल्स एन्ड मार्बल्स, भूकम्पप्रतिरोधी इन्टेरियर सामग्री र निर्माण विभाग जस्ता नाम दिएर उनले अबैधरुपमा भन्सार छली गरि नेपाल भित्राएका सामानको आफुखुशी मुल्य निर्धारण गरेर अत्याधिक मंहगोमा सामान बिक्री गर्दै आएको छ ।

भने अर्को तर्फ नक्कली विलमार्फत आर्थिक कारोबार गरेर मासिक रुपमा २५ करोड रुपैयाँभन्दा बढी राजश्व समेत छली गर्दै आएको आरोप उनीमाथी लागेको छ । त्यसरी समान आयात गर्न र भन्सारबाट सेटिङमा सामान छुटाउनमात्र ५० भन्दा बढी मानिसलाई चीन–नेपाल सामान आयात–निर्यातमा खटाएका छन् ।

क्षमादेवी ग्रुप काठमाडौं र सिन्धुपाल्चोकबाहेक बिर्तामोड, विराटनगर, चितवन, बुटवल, भैरहवा, पोखरा, धनगढीलगायतका ठाउँमा शाखा खोलेर धन्दा चलाउदै आएको छ । भने मूख्य मूख्य शहरहरुमा कम्पनीको १ सय भन्दा बढी डिलरहरु रहेको बताईन्छ । तातोपानी भन्सार नाकालाई अबैधधन्दाको उर्वर मुहानका रुपमा लिई धन्दा चलाउदै आएका बस्नेत २०७२ को भूकम्पपछि भने उनको धन्दामा ब्रेक लाग्न पुगेको छ ।

तातोपानी नाका बन्द भएपछि उनले रसुवाको केरुङ भन्सार नाकामा भनेजसरी सेटिङ मिलाउन नसक्दा पछिल्लो समयमा भारबाट चोरी पैठारी गरेर सामान नेपाल भित्राउदै आएको आरोप समेत बस्नेतमाथी लागेको छ । तातोपानी नाका राम्ररी नचल्दा र अर्कोतिर कलकत्ताबाट सामान ल्याउँदा समयको बढी लाग्ने भएपछि बस्नेतको समुहले भारतबाट सामान आयात गर्न थालेको छ ।

भन्सारका भ्रष्टहरुको कालोधन यो ग्रुपमा लगानी : शक्तीकेन्द्रको आँडमा भएन उजुरीमाथी छानविन

क्षमादेवी ग्रुपको चार वर्षअघिको फाईल अख्तियारमा खुल्दै


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!