एनआईसी बैंक र कर्पोरेट हाउसले रकम असुली गर्न ‘गुण्डा’ परिचालन : सरकारी निकाय मौन

- April 20, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । ऐन नियममै नभएको तथा शक्ती केन्द्रको आँडमा अहिले बैंक तथा केही कर्पोरेट हाउसका सञ्चालकहरुले ऋण तथा उधारो रकम असुली गर्न खुलेआम गुण्डा (बाउन्सर) लगाएर घरघर र पसलपसलमा दवाव दिदै आएका छन् । नेपाल राष्ट्र बैंकको ऐन नियममै नभएको र अधिकारभन्दा बाहिर गएर ऋणीको घरघर र पसलमा सुरक्षागार्ड तैनाथ गर्नेदेखि गुण्डा परिचालन गरेर असुली प्रकृयामा लागेको एनआईसी एसिया बैंकको दादागीरिका बारेमा सरकार मौन बस्दै आएको छ ।

मोटो थैली राष्ट्र बैंकमा बुझाएर आफुखुशी कानुनभन्दा बाहिर गएर सुरक्षागार्ड र गुण्डा परिचालन गरेर ऋणीमाथी मानसिक दवाव र धम्की दिदै आएको सो बैंकमाथी कारबाही गर्नबाट पछि हट्दै आएको राष्ट्र बैंक अहिलेसम्म सो विषयमा कुनै कुरा बोल्न चाहेको छैन । विवादित उद्योगपतिहरुको लगानी रहेको सो बैंकबाट गर्भनरदेखि निर्देशकसम्मलाई कमिशन वेस भुक्तानी गर्दै आएपछि सञ्चारकर्मीबाट एनआईसी बैंकको बारे भनेर जानकारी गराएपछि प्रबक्ता गुणकर भट्टले फोन नै रिसिभ नगरि बस्ने गरेका छन् ।

सो बैंकले विद्यमान ऐनलाई लत्याउदै घरघर र पसलमा सुरक्षागार्ड राख्दै आएको छ भने प्रहरी प्रशासनलाई समेत आप्mनो वसमा पारी ऋण असुली गर्न अबैध हतियारधारी गुण्डा परिचालन गरेको पीडित ऋणीहरुले बताएका छन् । यसरी सरकारी ऐन कानुनलाई लत्याउदै आप्mनै कानुन लागु गर्दै आएको सो बैकमाथी कारबाही गर्नु त कता हो कता अनुसन्धान समेत गर्ने आँट राष्ट्र बैकसंग नभएको दुखेशो पीडित पक्षले बताएका छन ।

                               र यो पनि…

एनआईसी बैकको ज्याजतीका विरुद्ध सेवाग्राही उत्रिए सडकमा : रुपन्देशी शाखामा तालाबन्दी

एनआईसि बैंकको अबैधधन्दामा राष्ट्र बैंकको संलग्नता : सो बैंकको नाम म्यासेजमा देखेपछि प्रबक्ता भट्टले उठाएनन फोन

एनआईसी बैंकको दादागिरीमा राष्ट्र बैंक मौन : नियम लत्याउदै ऋणीको घरमा गुण्डा परिचालन

एनआईसी एशियाको अबैध गतिविधिमा राष्ट्र बैंककै संलग्नता

एनआईसी बैंकको दादागिरी : ऋणीको घरमा तैनाथ ग¥यो सुरक्षा गार्ड, राष्ट्र बैंक मुदर्शक

पछिल्लो समयमा नीजि बैंक सञ्चालकहरुको संस्था बैंकर्स एशोसियसन नामक संस्थाले तयार गरेको ऐन कानुनलाई राष्ट्र बैंकले मान्दै आएकै कारण पछिल्लो समयमा अधिकाशं ऋणीहरु आत्महत्यादेखि आत्मदाहासम्मको बाटो रोज्दै आएका छन् । सो अबस्थामा ऋणीलाई पु¥याउने काममा नेपाल राष्ट्र बैंक र एनआईसी एसिया बैंक मुख्य जिम्मेवार रहेको आरोप समेत लगाईएको छ ।

सो बारे एनआईसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेलाई पटकपटक सम्र्पक गर्दा उनी सम्र्पकमा आएनन् । भने उता नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणकर भट्टले पनि फोन रिसिभ गरेनन् । यसरी कानुनलाई हातमा लिएर बैंक वित्तिय क्षेत्रले गरेकै बाटोमा उधारो रकम असुलीकालागि कर्पोरेट हाउसका मालिकहरुले समेत गुण्डा परिचालन गरेका छन् ।

उधारो रकम असुली नभएमा र तोकिएको समयसिमाभित्र ऋण भुक्तानी नगरे कानुनी बाटोमा जानु पर्ने उद्योगी तथा बैंक सञ्चालकहरु सो मार्ग नगई खुलेआम गुण्डा परिचालन गर्दै आएका छन् । यसरी कानुन विपरित गुण्डा परिचाल गर्दा समेत सरकारको सम्बन्धित निकायले भने कुनै चासो राखेको छैन ।

उधारो असुली गर्न व्यावसायिक घरानाहरुले विद्यमान कानुनलाई हातमा लिएर ऋणीमाथी ताण्डव नृत्य नै गर्दा समेत सरकारी निकायले चासो दिएको छैन । उधारो लिनेहरुलाई विभिन्न धम्कीपूर्ण भाषा प्रयोग समेत गरि व्यावसायिक घरानाले बाउन्सर (गुण्डा) सहितको रिकभरी टिम बनाएर ऋणीहरुको घरघर पसलपसल पठाएको भेटिएको छ ।

व्यावसायिक घरानाहरुले नेपाल प्रहरीका अबकाश प्राप्त (रिटायर्ड) अफिसरलाई सो अबैधधन्दामा परिचालन गरेका छन् । रिकभरी विभाग गठन गरेर सोही विभाग अन्तरगत गुण्डा परिचालन गरि सो व्यक्तिले कूल उठाएको उधारोको निश्चित प्रतिशत रकम दिने गरी व्यावसायिक घरानाहरुले सम्झौता नै गरेको बताइएको छ ।

उद्योगीहरुले बाउन्सरमार्फत असुलीलाई तीव्रता दिदै आएका छन् । गुण्डा लिएर अधिकाशं उद्योगीहरु अहिले उनीहरुको घर, पसलमै जाने गरेका छन् । यसरी व्यक्तीगत रुपमा उद्योगीले गुण्डा परिचालन गरेर उधारो रकम असुली गर्दै आएपनि सरकारको सम्बन्धित निकायले भने कानमा तेल हालेर बसेको छ ।

उता एनआईसी एसिया बैंकले सुरक्षागार्ड र गुण्डा दुवै परिचालन गरेर ऋण असुली गर्ने अबैध रणनीति अनुसार कार्य गर्दै आएको छ । सो अबैध कृयाकलापको नियन्त्रण सरकारी निकायबाट हुनेभन्दा पनि सो अबैधधन्दा नदेखे झै गरी बसेकै कारण समाजभित्र विभिन्न जघन्य घटना भै रहेको समेत बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!