एनआईसी बैकको ज्याजतीका विरुद्ध सेवाग्राही उत्रिए सडकमा : रुपन्देशी शाखामा तालाबन्दी

- April 18, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रुपन्देही । बैंक पनि साथी पनि भन्दै भ्रामक प्रचार गरेर बैंकको ग्राहक बनाउदै आएको एनआईसी एसिया बैंकको ज्याजदीका विरुद्धमा सेवाग्राहीहरु सडकमा उत्रेका छन् । नेपाल राष्ट्र बैंकको विद्यमान ऐन विपरित कार्य गर्दै आएको सो बैंकले विभिन्न ऋणीहरुको घर, पसलमा जबरजस्ती गुण्डा परिचालन गर्ने देखि सुरक्षागार्ड राख्दै मानशिक पीडा दिनेक्रममा तीव्रता आएपछि त्यसको विरुद्धमा बैंकका सेवाग्राहीले शाखा कार्यालयहरुमा ताल्चा लगाई दिन थालेका छन् ।

त्यसको सुरुवात रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवार चोकमा रहेको एनआईसी एसिया बैकको शाखामा सेवाग्राहीले तालाबन्दी गरि बैंकले ज्याजती विरुद्धमा एकजुट भएका छन् । बैंकले ज्यादती गर्दै करोडौंको सम्पत्ती नियतबस सेवाग्राहीको जग्गालाई लिलामी प्रक्रियामा लगेको भन्दै गत आइतबार तालाबन्दी गरिएको समाचार ढिलागरी प्राप्त भएको छ ।

स्थानीय होटल व्यवसायी तथा बैंकका सेवाग्राही उमाशंकर मिश्राको होटल आकाश ईन्टरनेशनलको भवन र पार्किङ रहेको ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको थियो ।

र यो पनि…

एनआईसि बैंकको अबैधधन्दामा राष्ट्र बैंकको संलग्नता : सो बैंकको नाम म्यासेजमा देखेपछि प्रबक्ता भट्टले उठाएनन फोन

एनआईसी बैंकको दादागिरीमा राष्ट्र बैंक मौन : नियम लत्याउदै ऋणीको घरमा गुण्डा परिचालन

एनआईसी एशियाको अबैध गतिविधिमा राष्ट्र बैंककै संलग्नता

एनआईसी बैंकको दादागिरी : ऋणीको घरमा तैनाथ ग¥यो सुरक्षा गार्ड, राष्ट्र बैंक मुदर्शक

१५ करोड बढी मुल्य पर्ने जग्गा धितो लाखेर ४ करोड ऋण निकालेका मिश्राले २०७९ असोज मसान्तदेखि किस्ता नतिरेपछि बैंकले लिलामी प्रक्रियामा अगाडि बढाएको बताएपनि सो प्रकृया समेत पुरा नगरेको, बैंकले ऋणीलाई विना जानकारी सार्वजनिक सूचना निकालेर नियोजीत रुपमा धितो कव्जा लिन लागेको भन्दै सो सेवाग्राहीले तालाबन्दी गरेको बताइएको छ । तालाबन्दी पछि प्रशासनमा समस्या समाधानकालागि इलाका प्रहरी लुम्बिनी ,‍ नगारिक समाज , सिर्द्धाथ संघ होटलको लुम्बिनी संघ होटल सहित बसेर छलफल गरेरपछि बैंकको ताला खोलिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!