एनआईसी एशियाको अबैध गतिविधिमा राष्ट्र बैंककै संलग्नता

- March 2, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ‘बैंक पनि साथी पनि’ भन्ने नारा दिएर बैकिङ कारोबार सुरु गरेको एनआईसी एशिया बैंकको बदमासीमाथी नेपाल राष्ट्र बैंकको ध्यान नदिएपछि सो अबैधधन्दा झन् बढ्दै गएको छ ।

बैंकमा रहेका ग्राहकको खाताबाट रकम गायव बनाृनेदेखि करोडको ऋणमा अर्बभन्दा माथीको धरौटीमा राखिएको जग्गा हत्याउन जालसाजी गरि जबरवस्ती धितो लिलामी गरेर अबैधधन्दा चलाउदै आएपनि सो बैंकमाथी राष्ट्र बैंकले अनुसन्धान समेत गर्ने आँट गरेको छैन । ऋणीलाई विभिन्न तबरबाट मानशिक पीडा दिदै किर्ते कागजात तयार गरेर ऋणीलाई बाध्य बनाएर धरौटी जफत गर्ने गराउने कार्यमा सो बैंकको व्यवस्थापन लाग्दै आएको छ ।

सो बैंकले खुला रुपमा राष्ट्र बैंकको निर्देशनलाई समेत लत्याउदै कोरोना महामारीमा समेत चर्को ब्याज असुली गरेको भेट्दा समेत राष्ट्र बैंकले अनुसन्धान गरेर कारबाही नगर्दा एनआईसी एशियाको अबैध ताण्डप नृत्य मञ्चाउदै आएको छ ।

विगतमा पटकौं पटक विवादमा फस्दै आएको सो बैंकमाथी राष्ट्र बैंकले कारबाही नगरि उन्मुक्ती दिएकै कारण अहिले अधिकाशं ऋणलाई बेघर समेत बनाएको पाइएको छ ।

यस क्रममा एनआईसी एशियाको अर्को बदमासी भेटिएको छ । एनआईसी एशियाको सप्तरी राजविराज शाखाले किर्ते जग्गा र किर्ते जग्गाधनी खडा गरेर करोडौं रुपैयाँ ऋण प्रवाह गरेको भेटिएको छ ।

सो बैंकको राजविराज शाखाका प्रबन्धक सन्तोषकुमार यादवको योजना र बैंकका व्यवस्थापक बीचको अबैध साँठगाँठमा किर्ते जग्गाधनी खडा गरी २ करोड ८० लाख रुपैयाँ ऋण दिई अबैधधन्दा चलाउदै आएको पाइएको छ ।

किर्ते जग्गाधनी राजविराज नगरपालिका–९ की वसिरन खातुनलाई प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको धनी बनाइएको छ । सो जग्गा राजविराज नगरपालिका– ८ का रवीन्द्रकुमार यादवको नाममा मालपोत कार्यालयमा दर्ता छ ।

शाखाका प्रबन्धक यादव र व्यवसायी मोहम्मद समसाद खानले किर्ते जग्गाधनी प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनी बनाउनुका साथै एएस ट्रेडर्स एन्ड सप्लायर्सकी सञ्चालक रहेकी खातुनकै बुहारी नाता पर्ने राजविराज नगरपालिका–९ की आसमा खातुनलाई ऋणी बनाएका हुन् ।

प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये २२ देखि २४ माघसम्ममा दुई करोड ३० लाख रुपैयाँ निकासा दिएका थिए । तर, घटना बाहिरिएलगत्तै प्रबन्धक यादव र व्यवसायी खान सम्पर्कविहीन भएका छन् ।

नक्कली जग्गाधनी र ऋणी खडा गरेर ऋण प्रवाह गर्ने गम्भीर अपराध गरेको एनआईसी एशियाले भने यसलाई सामान्य रुपमा लिएको छ । एनआईसीका मुख्य सूचना अधिकारी सुधिरनाथ पाण्डेले यसलाई सामान्य रुपमा अथ्र्याउँदै घटनाबारे अध्ययन भइरहेको बताए । सूचना अधिकारी पाण्डेले भने, ‘यसबारे के–कसो रहेछ, बुझ्ने काम भइरहेको छ ।

एनआईसि बैंकको अबैधधन्दामा राष्ट्र बैंकको संलग्नता : सो बैंकको नाम म्यासेजमा देखेपछि प्रबक्ता भट्टले उठाएनन फोन

अहिले सबै कुरा यकिन भइसकेको छैन ।’ सबै विषय स्पष्ट भइसक्दा पनि एनआईसी एशियाले भने के भएको भन्नेबारे नै यकिन नभएको दाबी गरेको छ । ‘हामीले कतै पनि उजुरी दिएका छैनौं’, सूचना अधिकारी पाण्डेले भने, ‘पहिला के भएको हो, त्यो नबुझि त उजुरी गर्ने कुरै भएन ।

बुझ्ने काम भएपछि सबै हुन्छ ।’ एनआईसी एशिया बैंकको यस्तो गम्भीर लापरबाहीबारे नियमनकारी निकाय राष्ट्र बैंक बेखबर झै बनेको छ । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरुमा राष्ट्र बैंककै नियन्त्रण रहन्छ भने उसैको निर्देशनअनुसार संचालन हुन्छन् ।

तर आफू मातहतका संस्था (एनआईसी एशिया बैंक) ले यस्तो गम्भीर अपराध गर्दा पनि राष्ट्र बैंकले आफ्नो दायित्व भुलेर सामान्य जानकारी समेत राख्दैन । राष्ट्र बैंकका सुपरीवेक्षण विभागका निर्देशक देव ढकालले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

सो विषयमा थप जानकारीलागि राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टलाई फोन गर्दा उनले फोन रिसिभ गरेनन् । उनलाई पटकपटक फोन गर्दा मोबाइल नै ‘स्वीच अफ’ गरेर सम्र्पक विहिन भएर बसेसंगै राष्ट्र बैंककै उच्च तहका कर्मचारीको अबैध साँठगाँठ सो बैंकसंग भएको आशंका गरिएको छ ।

यसरी सो बैंकको नाम लिएर भएको बदमासीको बारेमा राष्ट्र बैंकका प्रबक्ता र गर्भनरलाई सम्र्पक गर्दा समेत उनीहरु सम्र्पकमा आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!