एनआईसी बैंकको दादागिरी : ऋणीको घरमा तैनाथ ग¥यो सुरक्षा गार्ड, राष्ट्र बैंक मुदर्शक

- April 5, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। नेपाल राष्ट्र बैंकको विद्यमान ऐन नियमलाई समेत लत्याउदै एनआईसी एशिया बैंकले जबरजस्ती ऋणीको घरमा सुरक्षागार्ड तैनाथ गरेको छ । सो अबैध कार्यका बारेमा नेपाल राष्ट्र बैंक भने मुकदर्शक बनेर बसेको छ । समयमा व्याज नबुझाएको भन्दै सो बैंकले ऋणीको घरमा सुरक्षा गार्ड राखेको बताएको छ ।

बैंकले आफुखुशी घरको गेटमा गार्ड तैनाथ गरेर ऋणीलाई मनोवैज्ञानिक दबाब दिदै सो गार्डको मासिक तलब समेत ऋणीबाट उठाउने भन्दै गार्ड राखेको पीडितहरुले बताएका छन् । यसअघि काठमाडौं उपत्ययकामै गार्ड राखेको थियो । सो बारे तीव्रखबरले समाचार प्रकाशन गरेको १३ घण्टामा गार्ड हटाएको थियो ।

अहिले सो बैंकले इटहरीका विक्रम तिम्सिना (विक्रम श्री) नाम गरेका व्यक्तीको घरको गेटमा सुरक्षा गार्ड तैनाथ गरेको छ । उनले धितो राखेको घर जग्गाको लिलामीका लागि बैंकले सूचना जारी गरेसंगै गेटमा सेक्युरिटी गार्ड तैनाथ गरेको पीडितले बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान नेपाल प्रहरी नभएर एनआईसी एशिया बैंकले सेक्युरिटी गार्ड रहेको जानकारी गराउँछु ।’

उनले बैंकलाई आफ्नो नारा ‘बैंक पनि साथी पनि’ सम्झन आग्रहसमेत गरेका छन् । यसैगरी, दमक नगरपालिका वडा नम्बर ५ का दुर्गाप्रसाद कँडेलको घरमा पनि बैंकले सुरक्षा गार्ड राखेको छ । बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म गार्ड तैनाथ हुने गरेको छ ।

यसरी कानुनै नभएको कुरालाई बैंकले आफुखुशी ऋणीको घरमा गार्ड राखेको बारे पटकपटक बैंकका प्रमुख कार्यकारी अघिकृत रोशन न्यौपानेलाई सम्र्पक गर्दा उनी सम्र्पकमा आएनन् । उता नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणकर भट्टलाई पनि सो बारे प्रतिकृया लिनकालागि फोन गर्दा उनी पनि फोन सम्र्पकमा आएनन् ।

र यो पनि…

एनआईसि बैंकको अबैधधन्दामा राष्ट्र बैंकको संलग्नता : सो बैंकको नाम म्यासेजमा देखेपछि प्रबक्ता भट्टले उठाएनन फोन

एनआईसी एशियाको अबैध गतिविधिमा राष्ट्र बैंककै संलग्नता


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!