एनआईसी बैंकको दादागिरीमा राष्ट्र बैंक मौन : नियम लत्याउदै ऋणीको घरमा गुण्डा परिचालन

- April 14, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । बैंक वित्तिय क्षेत्रको नियमन र नियन्त्रण गरि नीति नियम तयार गरेर कार्यान्वयन गर्ने निकायनै नीजि बैंक संञ्चालकसंगको अबैध साँठगाँठका कारण अहिले अधिकाशं ऋणीहरुले अपमान सहदै आएको छन् । बैंक वित्तीय क्षेत्रले नेपाल राष्ट्र बैंकको ऐन नियम पालना गरे नगरेको समेत अनुगमन र अनुसन्धान गरेर ऐन नियम विपरित चलेको भए तत्काल कारबाही गर्ने गराउने निकाय हो ।

तर, यहाँ नीजि बैंकका सञ्चाकलहरुले नेपाल राष्ट्र बैंकलाई नियमन गरेको पछिल्ला घटनाबाट प्रष्ट हुदै आएको छ । यसरी नेपाल राष्ट्र बैंकको ऐन कानुन विपरित कारोबार गर्ने र आप्mनै नियम बनाएर ऋणी तथा बचतकर्तामाथी लागु गर्दै आएको एनआईसि एसिया बैंक र नविल बैंक अहिले मुख्य सूचीमा रहेको छ ।

नेपाल राष्ट्र बैंकको ऐन नियमलाई लत्याउदै ऋणीको घर पसलमा गुण्डा परिचालनदेखि सुरक्षागार्ड तैनाथ गरिदाँ समेत नेपाल राष्ट्र बैंक भने नदेखेझै बसेको छ । यसरी संघिय राजधानी काठमाडौं उपत्ययकादेखि प्रदेशका विभिन्न स्थानमा एनआईसी बैंकले ऋण चुक्ता नभएको भन्दै घरघर र पसलहरुमा गुण्डादेखि सुरक्षागार्ड परिचालान गर्दै आएको छ ।

ऋण उठाउनका लागि भन्दै ऐन नियममै नभएको गुण्डा र सुरक्षागार्ड एनआईसी एसिया बैंकले राख्दै अनौठा हर्कत गर्दै आएको छ । सो हर्कतलाई नेपाल राष्ट्र बैंकले भने मौन भएर समर्थन गर्दै आएकै कारण अहिले बैंकप्रति नकारात्मक भाबना सृजना हुदै गएको छ । सो बैंक ऋणीको घरमा गार्डनै तैनाथ गर्ने कहिले कम्पनी रजिष्ट्रारमा ऋण नतिर्नेका सबै बाटो बन्द गर्नु गराईदिनु भन्दै पत्र बोकेर पुग्ने गरेको छ ।

सो बैंकले ऋणीको घरमा ऋण उठाउन ‘गुण्डा’ परिचालनदेखि गार्ड राखेर ऋणीहरुमाथी दमन गर्दै आएको भेटिएको छ । सो बैंकले परिचालन गरेका सुरक्षागार्डलाई ऋणीले बुझाउनु पर्ने भन्दै दैनिक १ हजार रुपैयाँ समेत असुली गर्ने गरेको बताइएको छ । नीजि सुरक्षागार्ड प्रदान गर्ने कम्पनीसंग गार्ड लिएर सो बैंकले परिचालन गर्दा समेत सरकारको ध्यान गएको छैन ।

एकातर्फ कहिले सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ भने अर्कोतर्फ साँझ विहान गुण्डा समेत परिचालन गरेर ऋणीमाथी थप आतंक मञ्चाउदै आएको छ । यसरी परिचालन गरिएका गार्ड र गुण्डालाई दिने रकम समेत ऋणीबाटै रकम असुली गरेको छ । सो सम्बन्धमा एनआईसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रोशन कुमार न्यौपानेलाई फोनमा पटकपटक सम्र्पक गर्दा उनी सम्र्पकमा आउनै चाहेनन् ।

उता सोही विषयमा राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टलाई सम्र्पक गर्दा उनले पनि फोन उठाएनन् । एकातर्फ राष्ट्र बैंकका कर्मचारीलाई हातमा लिएर गैरकानुनी धन्दा गर्दै आएको एनआईसी बैंक र नविल बैंकले ऐन विपरित कार्य गरेपनि अनुसन्धान र अनुगमन गर्ने आँट गर्न सकेको छैन । एनआईसी एशिया बैंकको यस्तो गम्भीर लापरबाहीबारे नियमनकारी निकाय राष्ट्र बैंक बेखबर झै बनेको छ ।

मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरुमा राष्ट्र बैंककै नियन्त्रण रहन्छ भने उसैको निर्देशनअनुसार संचालन हुन्छन् । तर आफू मातहतका संस्था (एनआईसी एशिया बैंक) ले यस्तो गम्भीर अपराध गर्दा पनि राष्ट्र बैंकले आफ्नो दायित्व भुलेर सामान्य जानकारी समेत राख्दैन । राष्ट्र बैंककै उच्च तहका कर्मचारीको अबैध साँठगाँठ सो बैंकसंग भएको आशंका गरिएको छ । यसरी सो बैंकको नाम लिएर भएको बदमासीको बारेमा राष्ट्र बैंकका प्रबक्ता र गर्भनरलाई सम्र्पक गर्दा समेत उनीहरु सम्र्पकमा आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

र यो पनि…

एनआईसी एशियाको अबैध गतिविधिमा राष्ट्र बैंककै संलग्नता

एनआईसी बैंकको दादागिरी : ऋणीको घरमा तैनाथ ग¥यो सुरक्षा गार्ड, राष्ट्र बैंक मुदर्शक

एनआईसि बैंकको अबैधधन्दामा राष्ट्र बैंकको संलग्नता : सो बैंकको नाम म्यासेजमा देखेपछि प्रबक्ता भट्टले उठाएनन फोन


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!