काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डबाट सहजीकरण भैरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाहरूको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी लिएका छन् ।
सो क्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरे अनुरूप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए ।
सो अन्र्तकृयाका क्रममा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत परियोजना, होंसी तथा हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मस्र्यङदी–२ अर्धजलासययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्तर सेती नदी–६ अर्ध–जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजना डाबर नेपालको बारेमा पनि जानकारी दिइएको थियो ।
यसैगरी, चीन–नेपालमैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन र लगानी बोर्डको भावी कार्यसम्पादनका सम्बन्धमा कार्यालयलाई विशेष निर्देशन दिएका थिए ।
प्रतिक्रिया