रित्तिँदै काठमाडौं उपत्यका, अब फेरिएला त गाउँघरको मुहार ?

- April 23, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मनमोहन अधिकारीले प्रधानमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ भनि अभियान नै चलाएका थिए । यो अभियान थालेसँगै गाउँघरमा पनि विकास देखिन शुरु भएको थियो । बाटो खन्ने, बत्ती लैजाने, अस्पताल र स्कुल निर्माण गर्ने काम अघि बढ्यो । अब गाउँमा पनि विकासको मूल फुट्छ भनि धेरैले अपेक्षा गरेका थिए ।

उनले साविकको गाविसमा जाने बजेट पनि ह्वात्तै बढाइदिएका थिए । २०५२ फागुन १ गते माओवादीले सशस्त्र युद्ध शुरु गर्यो । माओवादीले शोषकी-सामन्ती, जमिन्दार, पुँजीपति, जागिरेहरुसँग चन्दा माग्न थाल्यो । कि चन्दा नत्र फन्दा भन्दै मान्छे काट्न, रेट्न थालेपछि ज्यान जाेगाउन पनि अधिकांशले गाउँ नै छोडिदिए ।

  त्यसपछि माओवादीले लखेटेको निर्दाेष जनता गाउँ फर्किन्छन् भन्ने अड्कल गरिएकाे थियाे । तर, त्यसो भएन् । माओवादी शान्ति वार्तामा आएर पहिलो संविधानसभाको चुनावमा भाग लिनेबित्तिकै झन् सदरमुकाम र काठमाडौंको जग्गाको मूल्य बढ्यो । माओवादीमा लागेकाहरुले विचित्रसँग धमाधम घर जग्गा किन्न थाले ।

कोही जिल्लाको सदरमुकाममा आएर बसे । त कोही काठमाडौं उपत्यका छिरे । सक्नेले जग्गा किनेर घर बनाए, नसक्ने भाडामा बसे । त्यो हुनेबित्तिकै गाउँ ठाउँका हजाराैं हजार विघा जमिनहरु बाँझो बसे । घर पनि भत्कियो । उब्जनी गर्ने मान्छे नहुँदा खेतबारी सबै उजाड मरूभूमि जस्तै बन्यो । काठमाडौंमा मान्छेको चाप बढ्नुको प्रमुख कारण यही थियाे ।

 उपत्यका छिरिसकेकाहरु माओवादीको डरले गाउँ फर्किएनन् । माओवादीले १० वर्ष सशस्त्र युद्ध गर्यो । राज्य पक्षबाट र माओवादीबाट गरेर १७ हजार मान्छेले ज्यान गुमाए   ।

अंगभंग त कति हुन् कति । रगतको खाेलाे नै बगेपछि बल्ल माओवादी र सरकारबीच वार्ता भयो । सात दल माओवादी बीच दिल्लीमा १२ बुँदे सहमति भयो ।

 त्यसपछि माओवादीले लखेटेको निर्दाेष जनता गाउँ फर्किन्छन् भन्ने अड्कल गरिएकाे थियाे । तर, त्यसो भएन् । माओवादी शान्ति वार्तामा आएर पहिलो संविधानसभाको चुनावमा भाग लिनेबित्तिकै झन् सदरमुकाम र काठमाडौंको जग्गाको मूल्य बढ्यो । माओवादीमा लागेकाहरुले विचित्रसँग धमाधम घर जग्गा किन्न थाले ।

 जग्गा त दिनको दुई गुणा र रातको चार गुणा बढ्न थाल्यो । २०६४ सालमा एक लाख पर्ने जग्गा २०७८ सालमा पचासौं लाख पुग्यो । माओवादीका कार्यकर्ता नै जग्गा दलालीमा संलग्न हुन थाले । गाउँ त कोही फर्किएनन्, बरु गाउँ छोड्नेको संख्या झनै बढ्यो । धमाधम गाउँ छोड्ने अनि काठमाडौंमै थुप्रिने क्रमले व्यापकता पायो ।

व्यापार व्यवसाय गर्नेले पनि पैसा जग्गामै हाले । विदेशमा कमाएको पैसा पनि जग्गा किन्ने घर बनाउने । सरकारी जागिरे पनि त्यही । यहाँ त जोपनि जग्गा किन्नमै व्यस्त भए । सरकारले २०७२ असोज ३ गते संविधान जारी गर्यो । मुलुक सात प्रदेशमा बाँडियो । ७५३ वटा स्थानीय तह घोषणा गरियो ।

तर, यसले पनि गाउँ फर्किनेमा खासै प्रभाव पारेन् । काठमाडौं उपत्यका र जिल्लाको सदरमुकाममा बसेकाहरु फर्किन चाहेनन् । जबकि सातै प्रदेशमा सरकार छ । सरकारी कार्यालय छ । गाउँ रित्तो हुँदा मुलुकलाई धेरै घाटा भएको छ । काेही विदेशतिर हानिए बाँकी सबै काठमाडौंमा थुप्रिँदा गाउँघर उजाडियो ।

गाउँघरमा कतेकतै बुढाबुढी मात्रै बाँकी छन् । खेत छ, अन्न  बाली लगाउने कोही छैनन् । सुविधाको खोजीमा सबै काठमाडौं र सदरमुकाम केन्द्रित बने । जसका कारण उत्पादन ठप्प, पशुपालन ठप्प, गाउँमा बाटाे पुग्याे, तर  विकास नै हुन् सकेन् । गाउँ झन्झन् पछि पर्दै गयो । अहिले मुलुकमा आर्थिक संकट छ । व्यापार व्यवसाय सुकेको छ ।

बेरोजगारी दिनहुँ बढिरहेको छ । मँहगीले आकाश छुन लागेको छ । जसका कारण यहाँ कोठा लिएर बस्नेहरुले गाउँ फर्किने सुर कस्न थालेका छन् । कोठा भाडा तिर्न र बिहान बेलुका छाक टार्न समस्या परेपछि अधिकांश गाउँ फर्किने तयारीमा छन् भने केही फर्किसके ।

यहाँ बसेर बाँच्न धौं धौं परेपछि गाउँ फर्किनबाहेक विकल्प पनि छैन् । आफ्नै गाउँघरमा गएर पसिना बगाउँछु भन्न थालिएको छ । माओवादीले जनयुद्ध शुरु गर्नुअघि उपत्यकाभित्र सबै खेतबारी थियो । यहाँ सबैतिर उब्जनी हुन्थ्यो । अहिलेको काठमाडौं उपत्यका हेरौं । घरैघरको शहर बनेको छ ।

जता हेर्यो घर मात्र छ । माओवादीले गाउँबाट मान्छे लखेटेको फाइदा जग्गा दलाललाई भयो । आनाको एक लाखमा लिएर टुक्राटुक्रा पारेर आनाको ६० लाखमा बेचिदिए । जग्गा दलालीहरुले एकातिर खेतीयोग्य जमिन सकाइदिए, अर्कोतिर भोकमरी लाग्ने अवस्था सिर्जना गरिदिएका छन् ।

जग्गा दलालहरुले कतिसम्म गरे कि डाँडाकाडा, वनजंगल, तालपोखरी केही भनेनन् । उपत्यकामा तरकारी, धानखेत र पाखापखेरू सबैमा सबै डोजर चलाउँदै प्लानिङ गरेर सकाइदिए । जग्गा दलालले प्रकृतिसँगै खेलबाड गरे  । सबै जग्गामा घर बनेपछि चराचुरुंगीको बासस्थान मासिएको छ । जग्गा दलालले सोझासाझालाई फसाए  ।

जग्गा खरिद गर्नेले जग्गा आफूसँग भएको पैसाले किने, घरचाहिं जग्गा धितो राखेर कर्जा लिएर बनाए । आफू एक फ्ल्याटमा बस्ने अनि अरु भाडामा ल्याउने घरधनीको योजना अहिले चक्नाचुर भएको छ ।

कोठा, सटर र फल्याट धमाधम खाली हुन थालेसँगै घरधनीहरु तनावमा आएका छन् । दुई वर्ष अघिसम्म घरधनीको भुँइमा खुट्टा हुँदैन्थ्यो । एउटै कोठा नौंदेखि १५ हजारसम्म पर्दथ्याे। फ्ल्याट २५ हजारदेखि लाखसम्म पर्दथ्याे । सटर त लाखौं पर्दथ्याे । खाली सटर ५० लाखसम्म खरिदबिक्री हुन्थ्यो ।

अहिले त जताततै कोठा, सटर खाली भनेर टाँसेको पाइन्छ । हिजो माओवादीको नेतृत्व पुष्पकमल दाहालले गरेका थिए । उनले जनयुद्ध शुरु गर्नेबित्तिकै यहाँ रातरात जग्गाको भाउ बढ्यो । अहिले देशको प्रधानमन्त्री पनि उनी नै छन् । तर, परिस्थिति ठ्याक्कै उल्टो छ । गाउँ फर्किनको संख्या बढेको छ ।

घरजग्गा कारोबारमा मन्दी छाएको छ । गाउँ फर्किनु राम्रो कुरा हो । गाउँ विकास हुन्छ । अहिले गाउँमा पनि बत्ती, विद्यालय र अस्पताल पुगेको छ । इन्टरनेटको सुविधा पनि विस्तार पुग्दै छ । यसको मार भने घरधनी, दलाल र बैंक तथा वित्तिय संस्थालाई पुगेको छ । घरधनीसँग कर्जा तिर्न सक्ने आयस्रोत छैन् ।

भनिन्छ नि,‘परिस्थितिले मान्छेलाई धेरै कुरा सिकाउँछ ।’ आर्थिक मन्दी नआएको भए अहिले पनि कोही गाउँ फर्किदैन्थे । २९ वर्षपछि गाउँको मुहार फेरिने भो । अहिले काठमाडौंका घरधनीलाई ईंट्टा टोक्ने कि डण्डी टोक्ने भएको छ । उनीहरुको लुटिने दिन अब सकियो । जसले पनि सकुञ्जेल लुट्ने हो ।

अब जग्गा दलाल र घरधनीले लुट्ने दिनको अन्त्य भयो । बुढापाकाले भन्छन् नि,‘घाँटी हेरेर हाड निल्नु ।’ आम सर्वसाधारण भाडा तिर्न सकुञ्जेल यहाँ बसे, नसकेपछि गाउँ फर्किए । काेही विदेश भासिए । अबको एकाध वर्षमा काठमाडौं र सदरमुकाम रित्तिसक्छ । न यहाँ भाडामा बस्ने मान्छे पाउँछ, न यहाँ घर किन्ने मान्छे नै पाउँछ ।

काठमाडौं र सदरमुकाम रित्तियो । मान्छे ढिलो भएपनि आफ्नो जन्मथलो फर्किए र ठगहरुको ठग्ने दिन अन्त्य भयो । त्यसैले समय नै सबैभन्दा ठूलो खेल हो । समयले कतिबेला कहाँ पुर्याउँछ, भन्न सकिँदैन् । अब घरजग्गाको मूल्य बढ्छ ।
अनुसा थापा, भक्तपुर, तस्वीरः गुगलबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट