बाणिज्य र पानी व्यवसायीबीच ‘अनसिन’ मिल्यो कुरा : दुई दिनमै खुल्यो शिल

- July 29, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारी कर्मचारी र अबैधधन्दा गर्दै आएका उद्योगी तथा व्यवसायीसंग ठूलो आर्थिक चलखेल गरी ‘शिलबन्द’ गरेको उद्योगलाई विना कारबाही खुलाएको भेटिएको छ ।

बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट २०७९ साउन ९ गते १० नम्बर टोलीबाट ७ जना कर्मचारी गएर ‘श्री कृष्ण बेभरेज’ नामक कम्पनीमा छापा मारेर शिल लगाई २ लाख रुपैयाँ जरिवाना गरेको भन्दै विभागले सूचना जारी गरेको थियो ।

विभागले सो पानी उद्योगले आफुखुशी रिलेवलिङ गरेको, गुणस्तर, परिमाण, मुल्य र नापतौलमा समेत हेरफेर गरेको पाएपछि २ लाख रुपैयाँ जरिवनाका साथै पानीको ल्याव रिपोर्ट समेत पेश गर्न निर्देशन दिएको दुईदिन पछि ल्याव रिपोर्ट समेत सार्वजनिक नगरि सिधै शिल खुला गरेपछि अहिले विभागमाथी नै प्रश्न उठेको छ ।

‘श्री कृष्ण बेभरेज’ नामक कम्पनीले गुणस्तहिन पानी उत्पादन गरि बिक्री गर्दै आएको प्रमाणित भएपछि पनि विना कारबाही शिल खोलेर सञ्चालन गर्न अनुमति दिएसंगै लाखौ रुपैयाँ ‘घुस’ विभाग र खाद्य विभागका कर्मचारीले लिएको आरोप उपभोक्ताबादीहरुले लगाएका छन् । सो उद्योगले उत्पादन गरेको ‘गुड डे’ नामक मिनिरलवाटर गुणस्तहिनका साथै सिलप्याक बोटलभित्र अखाद्य बस्तु भेटिएको बारे तीव्रखवर डटकमले असार २४ गते समाचार प्रकाशन गरेको थियो ।

विभागकै सोही १० नम्बर टोली नै गएर शिल खोली साउन ९ गते शिलबन्द गरिएकोे पानी उद्योगलाई उत्पादन गर्न सुचारु गर्न फुकुवा गरेको भन्दै साउन ११ गते सूचना जारी गरेको थियो । स्मरण रहोस् : विभागले छापा मारेर शिलबन्द गरेको उद्योग तथा व्यवसायको नाम भने लुकाउदै आएको छ ।

यो पनि अध्ययन गर्नुहोस

तीव्रखबर समाचार प्रभाव : श्रीकृष्ण बेभरेजमा बाणिज्यको छापा, उद्योगमा लाग्यो शिल

श्रीकृष्णको अबैधधन्दा : ‘गुड डे’ ले लिन सक्छ ज्यान, बोटलभित्र भेटियो यस्तो बस्तु


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!