तीव्रखबर समाचार प्रभाव : श्रीकृष्ण बेभरेजमा बाणिज्यको छापा, उद्योगमा लाग्यो शिल

- July 28, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी अभावको मौका छोपी रातारात कमाउने उदेश्यमात्रै लिई स्थापना भएको ‘श्री कृष्ण बेभरेज’ नामक कम्पनीले गुणस्तहिन पानी उत्पादन गरि बिक्री गर्दै आएको प्रमाणित भएको छ । सो उद्योगले उत्पादन गरेको ‘गुड डे’ नामक मिनिरलवाटर गुणस्तहिनका साथै सिलप्याक बोटलभित्र अखाद्य बस्तु भेटिएको बारे तीव्रखवर डटकमले असार २४ गते समाचार प्रकाशन गरेपछि सरकारी निकायबाट सो कम्पनीमा अनुगमन गरेर शिल गरेको छ ।

बाणिज्य आपुर्ति तथा उपभोक्ता संरुक्षण विभागबाट २०७९ साउन ९ गते खटिएको टोलीले सो कम्पनीबाट उत्पादन भएको पानी गुणस्तहिन भएको र सिलप्याक बोटलभित्र अखाद्य बस्तुका बारेमा समेत अनुगमन गरी सवै विवरण पेश गर्नु गराउनु भन्दै निर्देशन दिएको छ ।

विभागले सो कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना समेत गरेको छ । विभागका अनुसार सो कम्पनीले आफुखुशी रिलेवलिङ गरेको, गुणस्तर, परिमाण, मुल्य र नापतौलमा समेत हेरफेर गरेको पाएपछि २ लाख रुपैयाँ जरिवनाका साथै पानीको ल्याव रिपोर्ट समेत पेश गर्न निर्देशन दिएको छ ।
विद्यमान ऐनलाई समेत लत्याउदै सो कम्पनीले उत्पादन गरेको ‘गुड डे’ नामक मिनिरल वाटरको सिलप्याक बोटलभित्र खुला आँखाले देखिने ‘रवर’ सहितको पानी बजारमा पठाई आम उपभोक्ताहरुको स्वास्थ्यमाथी खेलवाड गर्दै आएको छ । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ९ खहरे काठमाडौं ठेगाना राखी रजिष्टर नम्बर ३३९०५/१३६५ उल्लेख गरि ‘अप्रिल २०२२’ मात्र उल्लेख गरेको पानीको बोटलमा सो रबर भेटिएको हो ।

यस अघि पनि पटकपटक सो पानी कम्पनीले गुणस्तरहिन भएको भन्दै सिलबन्दी गर्नेदेखि अन्य कारबाही गर्दै आएको विवरण विभागको अभिलेखमा उल्लेख छ । यसरी अखाद्य बस्तु सहित बिक्रीका लागि बजार पठाएको पानीको सम्बन्धमा सो कम्पनीका सञ्चालक मेघनाथ चौलागाईसंग सम्र्पक गर्दा उनले बोटलभित्र त्यस्तो अखाद्य बस्तु पर्नुमा कामदारको लापरबाही भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

सिलप्याक बोटलभित्र आखाद्य बस्तु हुन कसरी सामान्य विषय भयो भनी प्रतिप्रश्न गर्दा चौलागाईले भने,‘फेरी भन्छु यो सामान्य विषय हो, यस समबन्धमा मुद्दामालिमिला परेपनि म भोग्न तयार छु ।’ स्मरण रहोस चौलागाई सो संघको पुर्व केन्द्रीय कोषाध्याक्ष हुन । यसरी अबैध रुपमा उत्पादन गरि बजार पठाएको अखाद्य बस्तुको बिक्री वितरण गरेको खण्डमा ‘खाद्य ऐन २०२३ को निमावली २०२६’ अन्तर्गत सञ्चाकहरुमाथी अनुचित कार्य र गुणस्तहिन पानी बिक्री गरेको अभियोगमा दुवै कारबाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् ।

‘उपभोक्ता संरक्षण ऐन २०७५ नियमावली २०७६’ अनुसार पनि कारबाही हुने बताए । अध्यक्ष महर्जनका अनुसार सो अबैध कार्य गर्ने कम्पनीका सञ्चालकहरुमाथी अधिकतम ५ लाख रुपैयाँ जरिवाना तथा ५ वर्ष कैद हुने ऐनमा व्यवस्था गरेको जनाए । अर्को खाद्य ऐनअन्तरगत १० हजार रुपैयाँ जरिवाना, अनुमति पत्र खारेजीदेखि १ वर्ष सम्म कैद हुने व्यवस्था गरेको उनले बताए ।

यो पनि अध्ययन गर्नुहोस

श्रीकृष्णको अबैधधन्दा : ‘गुड डे’ ले लिन सक्छ ज्यान, बोटलभित्र भेटियो यस्तो बस्तु


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!