October 20, 2026, 3:58 am
» दशैँको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन » हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु » नवरात्रको अन्तिम दिनः आज महानवमी » दशैंको रौनक गाउँमा, काठमाडौंका सडक सुनसान » ‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

एप्पलले बन्द गर्दैछ लण्डन र क्यालिफोर्नियाका स्टोर

पुस ९, २०७७ मा प्रकाशित | १६९४०४ दर्शक तीव्रखबर

एप्पलले अमेरिकाको क्यालिफोर्निया तथा बेलायतको लण्डनमा रहेका एप्पलका रिटेल स्टोरहरु बन्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धिले असर पारेका बजारहरुमा एप्पलले आफ्नो स्टोर बन्द गर्न लागेको हो ।

लस एन्जल्स क्षेत्रका एप्पल स्टोरहरु बन्द गर्ने निर्णय गरेको अर्को दिन नै एप्पलले क्यालिफोर्नियाको गोल्डेन स्टेट क्षेत्रमा रहेका सबै ५३ स्टोरहरु बन्द गर्ने घोषणा आफ्नो वेबसाइटमार्फत् गरेको हो ।

सन फ्रान्सिस्को क्षेत्रमा रहेका एप्पल स्टोरसमेत बन्द हुने छन् । साथै सिलिकन भ्यालीस्थित कार्यालयका रिटेल स्टोरसमेत बन्द हुनेछन् । ती एप्पल स्टोरहरु कहिलेदेखि खुल्ने भन्ने मिति एप्पलले तय गरेको छैन ।

पछिल्ला हप्ताहरुमा क्यालिफोर्निया राज्य अमेरिकामा कोरोना भाइरस महामारीको केन्द्र बनिरहेको छ । शनिवार त्यहाँको कोरोना भाइरस संक्रमण संख्या १८ लाख पुगेको छ भने २२ हजार भन्दा धेरैको मृत्यु भैसकेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लण्डन र दक्षिणपूर्वी इंगल्याण्डमा नयाँ चरणको लकडाउन घोषणा गरेका छन् । लण्डन क्षेत्रमा कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धि भएर लकडाउन भएसँगै एप्पलले लण्डनका एप्पल स्टोरसमेत तत्कालका लागि बन्द गर्ने घोषणा गरेको हो ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *