November 23, 2024, 6:38 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

कर्णालीमा पर्यटनः दुई करोड १४ लाख राजस्व सङ्कलन

साउन १३, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

कर्णाली,  कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट रु दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट रु ४१ लख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट रु ९० लाख ९० हजार, काक्रेबिहारबाट रु ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट रु ७१ लाख १४ हजार चार सय १७ राजस्व सङ्कलन गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख‘भ्यूटावर’बाटसङ्कलन भएको राजस्व यसमा समावेश भएको छैन ।

 पर्यटकीयस्थलले युक्त कर्णालीका सल्ल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलखेको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दहलगायत स्थानको अभिलेख पनि  मन्त्रालयसँग नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया