November 22, 2024, 1:11 pm
» सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो: मुख्यमन्त्री पाण्डे » Death toll rises to 43 in Pakistan sectarian attacks: officials » कम्बोडिया जानुअघि सभामुखले भेटे राष्ट्रपति » अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त : प्रधानमन्त्री » रास्वपाबारे ओलीको टिप्पणी- आफैं सरकारी ठगी गर्ने, अनि अरूलाई मुख छाड्ने ?

उपसभामुखको पत्र प्रकरणमा थप बचाउमा उत्रियो रास्वपा

साउन १०, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको छ ।

विहिबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी गर्दै सो पत्र कार्यान्वयनमा नै नगएको दाबि गरेका छन् ।

झाले पैसाको कारोबार नै नभएको बताउदै भने- ‘ यो पत्र १८ महिना अगाडी लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दुताबासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिए अनुसार कसैको काम नभएको पाइएको छ ।’

उनले संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के हुन्छ त्यसमा आफुहरु सचेत भएर बसेको बताए ।

उपसभामुख रानामगरले आफु बाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाई दिने गरेको सिफारिसको पत्र सार्बजनिक भएपछि विवादमा परेकी थिइन् । उनले सो सिफारिस गरे बापत पैसा लिएको अपुष्ट दाबि समेत गरिएको छ ।

प्रतिक्रिया