October 20, 2026, 5:47 am
» दशैँको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन » हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु » नवरात्रको अन्तिम दिनः आज महानवमी » दशैंको रौनक गाउँमा, काठमाडौंका सडक सुनसान » ‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

एनसिबि काठमाडौं र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर

साउन १०, २०८१ मा प्रकाशित | २६१०४ दर्शक तीव्रखबर

काठमाडौं : Direct Access to the Interpol Information System सम्बन्धमा सहकार्य गर्न National Central Bureau Kathmandu र राहदानी विभागबीचसमझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिहीबार उक्त समझदारी-पत्रमा हस्ताक्षरगर्नुभएको हो ।

साथै उहाँहरूले समझदारी-पत्र आदान प्रदानसमेत गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटावेशहरू मध्ये SLTD (Stolen and Lost Travel Document) Database हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटावेशलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा WISDM (INTERPOL Web Services For Data Management) प्रविधि इन्टरपोलका सदस्य राष्ट्रहरूलाई आवश्यकता अनुसार प्रदान गरेको चर्चा गर्नुभयो ।

साथै WISDM लाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज संचालन गर्दा राहदानी विभागको सिस्टममा एकिकृत गर्न सकिने भनि राहदानी विभागद्वारा भएको सुझाव अनुरूप नै यो समझदारी भएको उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्ध गरिएका राहदानीहरूको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटावेशमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रकृया यस पश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीचमा समेत समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्याललेसमझदारीको महत्व र औचित्यताको बारेमा आफ्नो विचार सहितको मन्तव्य व्यक्त गर्दै राहदानीको दुरूपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पुर्यातउने उल्लेख गर्नुभयो । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग भएको सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने उहाँले बताउनुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू,वरिष्ठ प्रहरी अधिकृतहरू तथाराहदानी विभागका पदाधिकारीहरूकोउपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *