February 25, 2025, 5:45 am
» केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो » यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य » सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा पाँच सयले बढ्यो » रौतहटको विद्यालय: बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन ! » प्रधानमन्त्री ओलीको प्रकृतिका आमाबाबुसँग कुराकानी

चलचित्र `हन्टर´ को क्यारेक्टर्स लुक्स सार्बजनिक

माघ २३, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं । चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने बताउँछ ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको चलचित्रमा अन्य कलाकार कोको रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन ।
जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु चलचित्र हो ।
क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् ।
चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् । यद्यपि, चलचित्र सिनेम्याटिक लिवर्टी बनाउने उनको भनाइ छ ।
“रियल पात्रको कथामा फिक्सन मिसाइनेछ । जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ,” जीवनले भने । यो पोष्टर रोयल भिमसेनले तयार पारेका हुन्।
चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । प्रि–प्रोडक्सनमा रहेको चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ ।

प्रतिक्रिया