March 10, 2025, 12:34 pm

बिपिनको ‘सुन्दर तिम्रो’ मा नुपुर र रुबिनाको रोमान्स

माघ २०, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं । युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको “सुन्दर तिम्रो” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

“डेकेन्द्र प्रोडक्सन” युट्युब च्यानलबाट रिलिज भएको यो गीतमा विपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत र डिकेको सुमधुर स्वर रहेको छ।

अभिषेक थापाको निर्देशनमा एबिस फिल्म्सले उत्कृष्ट छायांकन सहितको भिडियो निर्माण गरेको हो।

भिडियो म्याग्दी बेनी बजारमा छायांकन गर्नुपर्छ। म्याग्दिको बेनी बजार यसको प्राकृतिक सौन्दर्यका साथै सांस्कृतिक समृद्धिका लागि प्रसिद्ध छ।

कालीगण्डकी र म्याग्दी नदीको संगममा अवस्थित यो शहर भौगोलिक सुन्दरताका लागि मात्र परिचित छैन, कला र संगीतको लागि उर्वर भूमिको रूपमा पनि चिनिन्छ।

भिडियोमा, नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको प्रस्तुति देख्न सकिन्छ, जसले गीतको भावनालाई जीवन्त बनाएका छन्।

भिडियो हेरिसकेपछि सबैलाई आफ्नो प्रतिक्रिया दिन अनुरोध गरेको छु।

प्रतिक्रिया