February 1, 2025, 3:53 pm
» आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ » हमासले रिहा गरयो दुइ बन्दी » करेन्ट लागेर अमिनको मृत्यु » व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन » चीतवनमा नेकपा एसका जिल्ला नेताहरू माओवादीमा प्रवेश

महाकुम्भकी भाइरल मोनालिसाले फिल्ममा, पाइन २१ लाख पारिश्रमिक

माघ १९, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

मुम्बइ,  । भारतको प्रयागराजमा जारी महाकुम्भ २०२५ यतिबेला निकै चर्चामा रहेको छ । महाकुम्भका धेरै भिडियो र रिल्सहरू भाइरल भइरहेका छन् । पछिल्लो समय एक युवती आफ्नो आँखाका कारण निकै चर्चामा छिन्, यी युवतीको नाम हो– मोनालिसा ।

‘ब्राउन आइड’ मोनालिसाको भाग्य अब फेरिएको छ, किनभने उनी अब अभिनेत्री बन्न लागेकी छिन् । हो, मोनालिसा चाँडै नै बलिउड फिल्ममा देखिदै छिन् । उनको फिल्मको नाम ‘डायरी अफ मणिपुर’ हो । अहिले यो फिल्मबाट मोनालिसाले पनि राम्रो पारिश्रमिक लिएकी छिन् ।

एनडीटीभीका अनुसार मोनालिसाले फिल्म ‘डायरी अफ मणिपुर’ का लागि २१ लाख भारु पारिश्रमिक लिएकी छिन् । त्यसमध्ये उनलाई १ लाख रुपैयाँ हस्ताक्षर रकम दिइएको छ । आफ्नो जादुमयी आँखा र मनमोहक मुस्कानका कारण महाकुम्भमा भाइरल भएकी मोनालिसा अहिले आफ्नो घर अर्थात् मध्य प्रदेशको महेश्वर फर्किएकी छिन् ।

उनी पूरै महाकुंभको समयमा प्रयागराजमा बसेर रुद्राक्ष माला बेच्ने गर्थिन् तर १५ दिनभित्रै महाकुम्भ छाड्नु परेको थियो किनभने भाइरल भएका कारण उनले न माला बेच्ने काम राम्ररी गर्न सकेकी थिइन्, न आरामको सास नै फेर्न सकेकी थिइन् । क्यामेराहरू उनको पछिल्तिर घुम्न थाले, अहिले उनी आफ्नो घर फर्किसकेकी छिन् ।

निर्देशक सनोज मिश्रले  मोनालिसाको गाउँ पुगेर आफ्नो फिल्म ‘डायरी अफ मणिपुर’मा उनीसँग साइन गराएका छन् । यस फिल्ममा मोनालिसा मुख्य भूमिकामा देखिने छिन् । फिल्मको छायांकन अघि उनलाई मुम्बईमा अभिनयको तालिम पनि दिइनेछ ।

कुम्भमेलामा अचानक भाइरल भएपछि मोनालिसाको सुन्दरता र आकर्षक व्यक्तित्वले मेलामा आउने मानिसहरूको ध्यान तान्यो। त्यसपछि सनोज मिश्रले आफ्नो फिल्ममा मोनालिसालाई कास्ट गर्ने निर्णय गरेका हुन । निर्देशक सनोज मिश्र अहिले फिल्म ‘डायरी अफ मणिपुर’ को तयारीमा व्यस्त रहेका छन् ।

प्रतिक्रिया