October 18, 2024, 6:21 am
» आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै » विपक्षी दलको बैठकबाट राजेन्द्र लिङ्देन र प्रभु साह बाहिरिए » विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो » ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग » इजरेलले कसरी हमासका नेता याह्या सिन्वारलाई भेट्यो र मार्‍यो ?

श्रीमती र छोरासँगै बिलाए मनुराज, अब घुम्न पाउने छैनन् पोखरा

साउन ९, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौं : सौर्य एयरलायन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। सौर्य एयरलायन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको हो।

पोखरा जाने भएपछि मनुराजले ससुरा प्रकाश खतिवडालाई फोन गरेर श्रीमती र छोरालाई पनि सँगै लैजाने बताएका थिए। पोखरामा सपरिवार घुमेर फर्किने मनुराजको चाहना थियो। मनुराजले सपरिवार पोखरा जाने इच्छा व्यक्त गरेपछि ससुरा प्रकाशले छोरी र नातिलाई विमानस्थल पुर्‍याइदिएका थिए।

छोरी र नातिलाई विमानस्थल पुर्‍याएर घर फर्किरहेका प्रकाशले बाटोमै विमान दुर्घटना भएको समाचार सुनेका थिए। उक्त घटनाले ससुरा प्रकाश र उनको परिवार शोकमा डुबेको छ। उनकी छोरी प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन्।

बुधबार विहान ११:११ बजे पोखराका लागि उडान भर्ने क्रममा सौर्य एयरलायन्सको CRJ7(Reg 9NAME) जहाज दुर्घटना भएको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

जहाजका पाइलट मनिष शाक्यको भने उद्धार गरिएको थियो। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ। उक्त विमान उड्ने बितिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रतिक्रिया