February 23, 2025, 9:13 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

के स्मारिका र शिव कैलाश प्रेममा छन् ?

माघ ११, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं। सुन्दरी स्मारिका ढकाललाई मनका कुरा गर्ने युवक हुन् शिव कैलाश। शिव कैलाशको स्वर, शब्द र संगीत रहेको मनका कुरा बोलको सार्वजनिक  गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ।
सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन्। निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन्। स्मारिकासँग गायक स्वयमको अभिनजय रहेको मनका कुराको एरेन्ज आकाश नेपाललीले गरेका हुन्।
रोशन विश्वकर्माको कोरियोग्राफी, सुबिन गोदालको छायांकन तथा राकेश दाहालको कलर र सम्पादन रहेको भिडियो गायक कैलाश स्वयमकै अफिसियल च्इानलबाट बजारमा आएको हो।
चितवन राप्ती नगरपालिकाका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारी बाल्यकालदेखि नै गीत संगीतमा औधी रुची राख्ने व्यक्त्तिव हुन्। कैलाशका मेरो प्यारो गाउँ, देउरालीको दोबाटो, मनका कुरा बजारमा आइसकेका छन् भने अन्य डेढ दर्जन बढी गीतहरु आउने क्रममा रहेका छन्। साहित्यकार समेत रहेका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारीदुई कृति प्रकाशनको तयारीमा छन्। आखिर किन कविता संग्रह प्रकाशित भइसकेको छ।

प्रतिक्रिया