January 12, 2025, 3:38 pm
» बसको ठक्करबाट बालिकाको मृत्यु » रवि लामिछानेलाई फेरि पठाइयो हिरासत » प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा » चाकु र तरुल मानव शरीरका लागि लाभदायक » भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत

भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत

पुस २८, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

हैदराबाद, । गत ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत मिलेको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको हो । पछि उनी धरौटीमा रिहा भए । अहिले उनले जमानतमा छुट पाएका छन् ।

अल्लु अर्जुन गत डिसेम्बर १३ मा पक्राउ परेका थिए । उनी त्यसको भोलिपल्ट १४ डिसेम्बरमा उनी धरौटीमा रिहा भए । जमानतको शर्त अनुसार उनले हरेक आइतबार चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुनुपर्ने थियो । साथै उनलाई विदेश जान पनि अनुमति दिइएको थिएन ।

तर, अहिले हैदराबादको नामपल्ली अदालतबाट जमानतका सर्तहरू खुकुलो पारिएको छ। उनी अब विदेश यात्रा गर्न सक्षम हुनेछन् र उनले हरेक हप्ता हाजिरी पनि लगाउनु पर्ने छैन।

आइतबार हाजिर हुनुअघि अल्लु अर्जुनको कानुनी टोलीले सर्तमा छुट दिन अदालतलाई अनुरोध गरेको थियो, जसलाई अदालतले आज स्वीकृत गरेको हो ।

चलचित्र ‘पुष्पाः द रुल’ डिसेम्बर ५ मा रिलिज भएको थियो । फिल्म रिलिज हुनुअघि हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियर भएको थियो। अल्लु अर्जुन प्रिमियरको क्रममा फ्यानहरूलाई सर्प्राइज दिन त्यहाँ पुगे। अल्लुलाई हेर्न यति धेरै भीड जम्मा भयो कि भागदौड नै मच्चियो ।

भीड अनियन्त्रित भएपछि धेरैलाई सास फेर्न समस्या हुन थालेको थियो भने धेरै बेहोस समेत भएका थिए । यसैबिच रेवती नामकी एक महिलाको मृत्यु भयो भने उनका छोरा श्रेतेज गम्भीर घाइते भएका थिए । एजेन्सी

प्रतिक्रिया