January 9, 2025, 3:58 pm
» रवि लामिछाने र छवि जोशीले बुझाए धरौटी » नाबालिका छोरीमाथि पटकपटक करणी, घटना सामसुमका लागि सुटुक्क गर्भपतन » एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला कारागार चलान » रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश, छविलाई ८८ लाख » भारतीय वाणिज्य सचिव नेतृत्वको टोली काठमाडौंमा

सडकका सब-इञ्जिनियर बर्खास्त

पुस २४, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडामा कार्यरत एक सब-इञ्जिनियर बर्खास्तीमा परेका छन् । सडक विभागले सब-इञ्जिनियर पवन भट्टराईलाई सेवाबाट हटाएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा २(क) बमोजिमको कसूरमा उनीमाथि कारबाही गरिएको विभागले जनाएको छ । आज सूचना जारी गर्दै विभागले भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य ठहरिने गरी सेवाबाट हटाइएको जानकारी दिएको छ ।

‘यस विभागअन्तर्गत सडक डिभिजन, हेटौंडामा कार्यरत रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्रा.) सब इन्जिनियर श्री पवन भट्टराई (क्र.सं.नं. २४६७९६) लाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (२)(क) को कसूरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको व्यहोरा मिति २०८१–०९–१६ को निर्णयानुसार जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

प्रतिक्रिया