December 4, 2024, 8:21 am
» जनकपुरधाममा मासु, माछा र मदिरा बिक्री वितरणमा रोक » चितवनमा रास्वपा समर्थक र प्रहरीबीच झडप,दुई दर्जनबढि घाइते » लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष » चितवनमा रविको बयान जारी रहँदा सहकारी पीडितको प्रदर्शन » मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते

प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने व्यक्ति पक्राउ

साउन ८, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

कास्की, प्रहरी हुँ भनी धम्की दिई रकम माग गरेको अभियोगमा पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

क्षेत्रीले सामाजिक संजाल मार्फत सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई “म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईहरुको केही काम छ भने भन्नुहोस गरिदिन्छु” भनी रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई लामाचौर कास्कीबाट पक्राउ गरेको हो ।

उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया