December 18, 2024, 11:07 am
» पत्रकार महासंघ काठमाडौंको सचिवमा बोहोरा » राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त » नेप्से निरन्तर ओरालो, कारोबार कति ? » दक्षिण कोरियाका राष्ट्रपति युन भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार » ‘महासङ्घको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको छ’

सूचना हक महासंघ बद्नाम भएपछि बागचन्द लागे पत्रकार महासंघ खण्डनको नौटंकी : एसिया फाउन्डेसनले रोक्यो सहयोग

मंसिर २७, २०८१ मा प्रकाशित | १६००दर्शक तीव्रखबर

– पवित्रमणी शर्मा

काठमाडौँ । सूचना मागौँ भ्रष्टाचारको अन्त्य गरौँ भन्ने नाराका साथ सूचनाको हकका लागि राष्टिय महासंघले विभिन्न नगरपालिकामा यात्रा गर्न गाडी भाडा माग गरेर आफैँ भ्रष्टाचार गरेर जो चोर उसको ठूलो स्वरका रुपमा प्रस्तुत हुन थालेको छ ।
तीव्रखबर अनलाइनले यी लगायत महासंघमा भएका भ्रष्टाचारका विषयमा समाचार लेख्ने र सूचना माग गर्ने गरेपछि खण्डन प्रकाशन गर्न यस अनलाइनमा पत्राचार गरेका थिए । यही मंसिर ७ गते विज्ञप्ति प्रकाशन गरेको महासंघले मंसिर २३ गते खण्डन पठाएको थियो । २३ गते नै प्रेस काउन्सिल नेपालमा पनि उजुरी पठाएर यस अनलाइनविरुद्ध उजुरी गरेको थियो । जुन, प्रकृयाभन्दा विपरित हो । विज्ञप्ति र खण्डनको भाषा उस्तै छ । समाचारले उठाएको विषयको बुँदागत रुपमा महासंघले खण्डन गर्न भने सकेको छैन । तीव्रखबर अनलाइनले प्रमाणसहित प्रकाशन गरेका समाचार पाठकले पढिरहनुभएकै छ । ती प्रमाणको महासंघले खण्डन गर्न सकेको छैन ।
तीव्रखबर अनलाइनले प्रमाणका आधारमा प्रकाशन गरेका समाचारको महासंघ र यसका पदाधिकारीले राजनीतिक पहुँचको उपयोग गरी खण्डन प्रकाशन गराउन काउन्सिललाई दबाब दिएको बुझिएको छ । महासंघमा कुनै भ्रष्टाचार नभएको भए समाचारमा उठाएको विषयको बुँदागत रुपमा खण्डन गर्न सक्नुपर्ने थियो । महासंघले त्यसो गर्न सकेको छैन । महासंघमा कांग्रेस निकट पत्रकारको बाहुल्यता रहेको जनाइएको छ । महासंघका अध्यक्ष उमीद बागचन्द आफै मंसिर २८ गते हुने निर्वाचन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलको समावेशी उपाध्यक्ष पदका उम्मेद्वार हुन् । बागचन्द मीन विश्वकर्मा संयोजक रहेको कांग्रेस प्रचार विभागको सदस्य पनि भएको दस्तावेज पनि तीव्रखबर अनलाइनले प्राप्त गरेको छ ।
बागचन्दले यिनै पहुँचको उपयोग गरी प्रेस काउन्सिललाई दबाब दिएको बुझिएको छ । तीव्रखबर अनलाइनले समाचार प्रकाशन गरेको करिब एक महिनापछि मात्र महासंघले विज्ञप्ति निकाल्न सकेको हो । त्यसको १५ दिनपछिमात्र खण्डन छाप्न पत्र पठाएको छ । यसले पनि महासंघका विषयमा सही समाचार आएर नै यसका पदाधिकारीले तत्काल प्रतिक्रिया जनाउन नसकेका हुन् । धेरै प्रमाण त हामीले समाचारसँगै राखेका छौँ ।

एसिया फाउन्डेसनले रोक्यो सहयोग
महासंघलाई मधेश र लुम्बिनी प्रदेशमा सूचनाको हकसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहयोग दिएको एसिया फाउन्डेसनले भ्रष्टाचारको नियमित रुपमा फ्लोअप सहित समाचार प्रकाशन गरेपछि सहयोग रोक्ने निर्णय गरेको छ । महासंघका बारेमा नियमित समाचार आउन थालेपछि तीव्रखबर अनलाइनको नियमित सम्पर्कमा आइरहेका फाउन्डेसनका एक कर्मचारीका अनुसार नियमित रुपमा समाचार सार्वजनिक भएपछि अनुगमन गर्दा पनि महासंघको कमिकम्जाेरी देखिएपछि सहयोग रोक्ने निर्णय गरेको हो । महासंघको कर्मचारी संयन्त्रमा पनि समस्या देखिएका कारण पनि सहयोग रोक्न बाध्य हुनुपरेको फाउन्डेसनले जनाएको छ ।
महासंघमा भएको भ्रष्टाचारका विषयमा आठ वटा समाचार प्रकाशन भइसक्दा पनि कुनै खण्डन गर्न नसकेको, महासंघका अध्यक्षले सूचनाको हकलाई माध्यम बनाएर अन्यत्र राजनीति गर्न खोजेको र विदेशी दातालाई पनि अल्मल्याउन खोजेका कारण सहयोग रोक्न एसिया फाउन्डेसन बाध्य भएको हो ।
सूचना महासंघको अध्यक्ष भएका बागचन्द समान र उस्तै प्रकृतिको पत्रकार महासंघमा किन त्यहाँभन्दा तल्लो पदमा उम्मेद्वार भए भनेर समेत फाउन्डेसनले अध्ययन सुरु गरेको जनाइएको छ । जबकि बागचन्द करिब दुई दशक अघि नै महासंघको उपाध्यक्ष भइसकेको दस्तावेज पनि फाउन्डेसनले प्राप्त गरेको छ । यस तथ्यलाई पुष्टि गर्ने प्रमाण तीव्रखबर अनलाइनले पनि पाएको छ । भ्रष्टाचारको आहालमा डुबेका महासंघका महासचिवले समाचारको प्रतिक्रिया लिन सम्पर्क गरेका बेला यसका प्रधानसम्पादक मनोज खतिवडाका बारेमा दुई दर्जन अनलाइनमा समाचार प्रकाशन गर्ने धम्की दिएका थिए ।

महासंघले पठाएको खण्डन जस्ताको तस्तै

प्रतिक्रिया