December 12, 2024, 4:55 am
» मधेसका पत्रकार चुनावमा व्यस्त » पावरप्लेमा विराटनगरले गुमायो दुई विकेट : मार्टिन गप्टिल र लोकेश बम आउट » माओवादी स्थायी समिति बैठक बस्दै » एनपीएलः टस जितेर पोखराविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर » जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

रमेश विष्टसहित १३ जना प्रेस युनियनबाट निष्कासित

मंसिर २६, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली काँग्रेसनिकट पत्रकार संगठन नेपाल प्रेस युनियनले पत्रकार महासंघको निर्वाचनमा बागी उम्मेदवार बनेका रमेश विष्टसहित १३ जनालाई निष्कासित गरेको छ।

संगठनको निर्णय विपरीत माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरसहित अन्य संगठनको समर्थनमा अध्यक्षमा उम्मेदवार बनेपछि विष्टलाई युनियनले कारबाही गरेको हो।

निष्कासित हुनेहरूमा विष्टसहित विकास कार्की, श्वीजन झा, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा, मीन बम, राम धामी, राजु खराल, मिनराज गौतम, नारायण खडका र ध्रुव रावल रहेका छन्।

प्रतिक्रिया