February 23, 2025, 3:35 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

एनपीएलः टस जितेर पोखराविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर

मंसिर २७, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार बिहानको खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेका हुन् । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुमा बलिङ गर्नेछ ।बिहानको समयमा टस जितेर फिल्डिङ रोज्ने परम्परालाई तोड्दै विराटनगरले ब्याटिङ रोज्दै पोखरालाई बलिङको निम्तो दिएको हो । आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछन्।

जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान चार-चार खेल खेलेका छन् जसमा दुवैले एकमा जित र एकमा हार बेहोरेका छन् ।

विराटनगर जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँग पराजित भएको थियो भने लुम्बिनी लायन्समाथि जित निकालेको थियो ।यस्तै, पोखराले चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग हार बेहोरेको थियो भने लुम्बिनी लायन्सलाई हराएको थियो ।

प्रतिक्रिया